लोक सेवा आयोगले गर्यो अंकभारमा संशोधन, प्रथम पत्रबाट ५० प्रतिशत जोडिने
अबदेखि लोक सेवा आयोगले लिने प्रथम चरणको परीक्षामा प्राप्त गरेको अंकको ५० प्रतिशत मात्रै अन्तिम चरणमा जोडिने भएको छ । लोक सेवा आयोगले आर्थिक वर्ष २०७९/०८० देखि हुने विज्ञापनमा लिखित परीक्षाको प्रथम चरण (प्रथम पत्र) मा उम्मेदवारले प्राप्त गरेको कुल अंकको ५० प्रतिशत अंकभार मात्रै अर्को चरणमा जोड्ने निर्णय गरेको हो ।
१३ भदौ २०७९ मा बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । शाखा अधिकृत, नायब सुब्बा र खरिदार वा सो सरहका पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको प्रथम चरण प्राप्त गरेको नम्बरको ५० प्रतिशत अन्तिम चरणको योग्यताक्रममा गणना गरिने आयोगको प्रवक्ता तोयनारायण सुवेदीले जानकारी दिए ।
सहसचिव वा सो सरह पदको द्वितीय चरणको सक्षमता परीक्षा अन्तर्गत मामिला प्रस्तुतीकरणको पूर्णाङ्क ५० को ठाउँमा ३० अंक कायम गरिएको प्रवक्ता सुवेदीले बताए । आयोगले लिखित परीक्षाको पाठ्यक्रम र अंकभारमा संशोधन तथा परिमार्जन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
-
‘पूर्वाधारसँगै स्वास्थ्य, शिक्षा र खेलकुदको विकासलाई प्राथमिकतामा राखेका छौँ’
-
शुक्रबारदेखि पुनः बदली र वर्षा हुने
-
१० बजे १० समाचार : एमालेमा नेताहरूमाथि कारबाहीको डण्डादेखि हत्याको समाचार पढेपछि आत्मसमर्पणसम्म
-
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिपर नियन्त्रणमा
-
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल