शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेप्सेमा सामान्य गिरावट, १ अर्बको कारोबार

बिहीबार, २३ भदौ २०७९, १६ : २०
बिहीबार, २३ भदौ २०७९

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । दिनभर घटबढ भएको नेप्से परिसूचक अन्तिम समयमा आएर घटेर बन्द भएको हो । दिउँसो साढे १२ बजेसम्मको समयमा नेप्से परिसूचक घटेर १९ सय २६ अंकमा आइपुगेको थियो । 

त्यसपछि निरन्तर बढेर नेप्से परिसूचक १९ सय ४६ अंकसम्म पुगेको थियो । जुन, फेरि घटेर २ अंकको गिरावटसँगै १९ सय ३७ अंकमा आएर रोकिएको हो । यसक्रममा आज ६ वटा समूहमा सुधार आएको छ । बाँकी ७ समूहमा भने गिरावट आएको छ । आज होटल र टुरिजम, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा समूहमा र लगानी समूह बढेका छन् ।

यस्तै, बैंक, व्यापार, उत्पादनमूलक, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहमा भने गिरावट आएको छ । नेप्से घटेको दिन ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सबैभन्दा धेरै वृद्धि आएको छ । आज यो कम्पनीको मूल्यमा ४.४९ प्रतिशतको वृद्धिसँगै सेयर मूल्य १२ सय ८० रुपैयाँ प्रतिकित्ता पुगेको छ ।

यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सबैभन्दा धेरै ६.४९ प्रतिशतको गिरावट आएको छ । यससँगै यो कम्पनीको सेयर मूल्य ९८ रुपैयाँले घटेर प्रतिकित्ता १४ सय ११ रुपैयाँमा आइपुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप