मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

तरलता समस्या समाधान गर्न कोषसँग बैंकर्सहरुको गुहार

बिहीबार, २३ भदौ २०७९, १६ : ०८
बिहीबार, २३ भदौ २०७९

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुले बजारमा देखिएको तरलता समस्या समाधान गर्न कर्मचारी कोषले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । कोषले आयोजना गरेको वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिका सम्वन्धी छलफल कार्यक्रममा बैकर्सहरुले वित्तीय क्षेत्रमा तरलता समस्या देखिएको भन्दै कोष जस्ता संस्थाले केही मात्रामा भएपनि बजारमा तरलता अभाव न्यूनीकरण गर्ने भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन् । 

कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको तर्फबाट विषयवस्तुको प्रस्तुतीकरण गरेका थिए । उनले तरलता समस्याको कारण कोषले सहभागीहरुलाई प्रवाह गर्ने ८० प्रतिशत ऋण सापटीको माग बढि रहेको, सहभागी आवास तथा सरल कर्जाको मागमा पनि बृद्धि भएको, बिभिन्न बैंकहरुबाट जारी गर्ने डिबेन्चर निष्काशनमा बृद्धि हुन थालेको, खुल्ला बजार नीति अनुरुप माग र आपूर्तिको आधारमा व्याजदर कायम नभएको धारणा राखे । 

उनले १५ भदौसम्मको तथ्यांक अनुसार कोषको कुल लगानीको ६५ प्रतिशत लगानी बैंकिङ क्षेत्रमा रहेको जानकारी दिए । २०७९ असार मसान्तसम्म कोषको खुद कोष मौज्दात २ खर्ब १७ अर्ब रुपैयाँ रहेको र १ खर्ब ९४ अर्ब लगानी रहेको पनि नेपालले जानकारी गराए । कार्यक्रममा नेपाल बैकर्स एसोसियसनका अध्यक्ष अनिल कुमार उपाध्याय, ग्लोबल आइएमई बैकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बजारमा देखिएको तरलता समस्याको बारेमा धारणा राखे ।  

सो अवसरमा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादर थापाले कोष र बैंकहरुले आपसी सहकार्य गरी अहिले बजारमा देखिएको तरलता अभावलाई न्युनीकरण गर्नेतर्फ विशेष जाड दिनुपर्ने खाँचो औँल्याए । उनले कोषले अर्थतन्त्रमा योगदान पु¥याउने तर्फ कार्य गरीरहेको र यस्तो कार्यलाई अझ प्रभावकारी रुपमा अघि बढाउन प्रतिवद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप