बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

अदालतमा हाजिर भए शिवराज श्रेष्ठ

बिहीबार, २३ भदौ २०७९, १५ : ५२
बिहीबार, २३ भदौ २०७९

निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहबाट जायजन्म भएको बालकको सम्बन्धमा डीएनए टेष्ट गर्न आरोपित शिवराज श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक हजार धरौटीमा रिहा भएलगत्तै बिहीबार उनी उच्च अदालत पुगेका हुन् । 

यसअघि उच्च अदालत जनकपुरले निहारिका राजपुतको माग बमोजिम नै उनीबाट जायजन्म भएको बालक र आरोपित शिवराज श्रेष्ठको डीएनए टेष्टको माग गरेकी थिइन् । निहारिकाको माग बमोजिम अदालतले दुवैको डीएनए टेष्ट गराउने आदेश दिएको थियो । 
निहारिकाले आफूमाथि श्रेष्ठले जबरजस्ती करणी गरी बालकको जायजन्म भएको माग गर्दै आएकी छिन् भने आरोपित श्रेष्ठले आफूहरूबीच माया–प्रेम रहेको र सोही समयमा सहमतिमै यौनसम्बन्ध भएको बताएका छन् । धनुषा जिल्ला अदालतले पनि जबरजस्ती करणीको कसुरमा शिवराजलाई सफाई दिँदै नाता कायमका लागि अर्कै मुद्दा लिएर आउन भनेको थियो ।

निहारिकाले भने आफूमाथि बलात्कार नै भएको भन्दै आरोपितलाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेकी छिन् । जिल्ला अदालतले आफूलाई हराइदिएपछि निहारिकाले न्यायालय र न्यायाधीशमाथि पनि विभिन्न आरोप लगाएकी थिइन् । त्यसपछि सरकारी वकिल पुनरावेदनको मुद्दा लिएर उच्च अदालत गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप