मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

नबिल बैंक  र युनिलिभर नेपालबीच सहकार्य

बिहीबार, २३ भदौ २०७९, १५ : ४०
बिहीबार, २३ भदौ २०७९

नबिल बैंक  र युनिलिभर नेपालबीच फाइनान्सिङ सुविधाका लागि सहकार्य भएको छ । नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखर्जीले सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरे । सम्झौतामा हस्ताक्षरसँगै युनिलिभर नेपालले आफ्ना तीनजना वितरकहरुलाई च्यानल फाइनान्सिङ सुविधाका लागि सिफारिस पत्रमा पनि हस्तान्तरण गरेको थियो ।

यस अन्तर्गत युनिलिभरसँग आबद्ध व्यवसायीहरुले फाइनान्सिङको रुपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशैभरि फैलिएका शाखा सञ्जालहरुबाट कर्जा उपभोग गर्न पाउने छन् । यसका प्रमुख आकर्षण अन्तर्गत च्यानल प्रिन्सिपलले आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ । साथै व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एसएमई कर्जा पनि उपलब्ध हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप