मन्त्री बडूको ५ महिने रिपोर्ट कार्ड : ३०९ नयाँ उद्योग दर्ता, २८ हजारलाई रोजगारी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले मन्त्रालयको कार्यभार सम्हालेको ५ महिनाको प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री बडूले प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
उनले आफ्नो कार्यकालमा उद्योग विभागमा ३०९ वटा नयाँ उद्योग दर्ता भएको जानकारी दिए । सो संख्याका उद्योग दर्ता हुँदा ३ खर्ब ४३ अर्ब रुपैयाँ लगानी हुने र २८ हजार ५ सय २७ नयाँ रोजगारी सिर्जना भएको मन्त्री बडूको भनाई छ । यसमध्ये विदेशी लगानीका २९५ उद्योगमार्फत ५४ अर्ब १५ करोड लगानी हुने र १६ हजार ९ सय नयाँ रोजगारी सिर्जना हुने मन्त्रालयले जानकारी दियो ।
निकासी प्रबर्द्धनलाई टेवा पुर्याउन ७५७ वटा निर्यात गर्ने उद्योगहरुको भ्यालु एडिसन प्रमाणित गरी नेपाल राष्ट्र बैंकबाट १ अर्ब ४३ करोड रुपैयाँ निकासा गरिएको मन्त्री बडूले जानकारी दिए । यस्तै, यो अवधिमा २९ हजार ४४ नयाँ नयाँ कम्पनी दर्ता भएका छन् भने ८६ हजार २७२ वटा कम्पनी अद्यावधिक भएका छन् । कम्पनी रजिष्टारको कार्यालयले यो ५ महिनाको अवधिमा १ अर्ब ३७ करोड ३१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
नेपाल कुल मागको ९० प्रतिशत सिमेन्ट उत्पादन हुन थालेको र केही उद्योगबाट उत्पादित सिमेन्ट निर्यात पनि हुन थालेको मन्त्री बडूले बताए । उद्योग विभागले ३७ वटा औद्योगिक डिजाइन तयार पारेको छ भने २ हजार ९७५ वटा ट्रेडमार्क दर्ता गरेको छ । यस्तै, नेपाल गुणस्तर परिषदबाट १२ वटा विभिन्न प्रकारका ग्यास सम्बन्धी र ३ वटा पाइप सम्बन्धी गरी १५ वटा नेपाल गुणस्तर पारित भएको पनि मन्त्री बडूले जानकारी दिए । थप ९२ वटा उत्पादनलाई नेपाल गुणस्तर पारित गर्ने तयारी गरिएको छ । यस्तै, ४९ उद्योगका ६६ उत्पादनलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरिएको छ ।
सरकारले नेपाल–भारत पारवहन सन्धीको पुनरावलोकन गर्न तयारी मस्यौदा भारतलाई पठाएको छ । यस्तै, चोभारको सुख्खा बन्दरगाह संचालनमा आएको पनि मन्त्री बडूले आफ्नो प्रगति विवरणमा उल्लेख गरेका छन् । बडू गत चैत २४ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या