बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल टी-२० लिग खेल्ने बाँकी दुई टोली घोषणा

बिहीबार, २३ भदौ २०७९, १४ : ३६
बिहीबार, २३ भदौ २०७९

नेपाल टी-२० लिग खेल्नका लागि बाँकी दुई टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार पत्रकार सम्मेलन गर्दै बाँकी दुई टोली घोषणा हो ।

क्यानले पोखरा एभेन्चर्स र फार वेस्टर्न युनाइटेडलाई बाँकी टोलीको रूपमा सार्वजनिक गरेको छ । फार वेस्टर्न युनाइटेड टिम युनाइटेड किन्डमको टिम भएको क्यानले जनाएको छ । जसको मालिक एसएस इभेन्ट एन्ड भेन्चर्स रहेको छ । 

त्यस्तै पोखरा युनाइटेडको मालिक पोस्ट राज ज्ञवाली रहेका छन्  । क्यानले यसअघि चार टोलीको नाम सार्वजनिक गरिसकेको थियो । नेपाल टी-२० लिग असोज ८ गतेबाट सञ्चालन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप