शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जसले कुटाई खाए तिनै डाक्टरविरुद्ध पक्राउ पुर्जी

बिहीबार, २३ भदौ २०७९, १३ : ४७
बिहीबार, २३ भदौ २०७९

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास)मा कार्यरत डाक्टर करण शाह भदौ २ मा कुटिए । प्रतिष्ठानकै कर्मचारी धनबहादुर शाहीले उनीमाथि कुटपिट गरेका हुन् । जसले कुटाई खाए तिनै चिकित्सक विरुद्ध प्रहरीको अनुरोधमा जिल्ला अदालतले पक्राउ अनुमति दिएको छ ।

डा. शाह विरुद्ध बाल हिंसा गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले रातोपाटीलाई बताए । शाह विरुद्ध पक्राउ अनुमति जारी भएपछि कासमा कार्यरत चिकित्सक सहित ६० जना कर्मचारीले सामूहिक राजीनामा बुझाएका छन् । चिकित्सक आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै कर्मचारीहरूले बुधवार बेलुका उपकुलपति मंगल रावललाई सामूहिक राजीनामा दिएका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी बाहेक सबै सेवा ठप्प पारिएको छ ।

डा. करणमाथि बाल हिंसा गरेको आरोप छ । बालक  पृथकविक्रम शाहीलाई उपेक्षित एवं भेदभावपूर्ण व्यवहार गरेको आरोपमा उनीविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । एसिया इन्टरनेशलन मोडेल इङ्लिस स्कुल जुम्लामा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्लाका ३ वर्षीय बालक शाहीको उपचारको क्रममा उनले हिंसा गरेको परिवारको आरोप छ । बालककी आमा आशा हमालले चिकित्सक विरुद्ध भदौ १३ मा प्रहरीमा जाहेरी दिएकी हुन् । पृथकविक्रम डाक्टर कुट्ने कर्मचारी धनबहादुरकै छोरा हुन् । चिकित्सकहरूले स्वास्थ्यकर्मीमाथि हातपात गर्दा हुने कानुनी कारबाही गर्न माग राखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप