शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सिरहामा डेङ्गु देखिएपछि जनचेतना फैलाउँदै स्वास्थ्यकर्मी

बिहीबार, २३ भदौ २०७९, १२ : ३१
बिहीबार, २३ भदौ २०७९

सिरहाको गोलबजार नगरपालिकामा २ जना डेङ्गु प्रभावित विरामी फेला परेपछि जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरु डेङ्गु फैलाउने लामखुट्टे नियन्त्रणको लागि जनताको घरघरमा पुग्नु थालेका छन । गोलबजार नगरपालिका– ६ का दुई जना पुरुषमा डेङ्गुको जीवाणु भेटेको नगर स्वास्थ शाखा प्रमुख सरोज कर्णले जनाएका छन् । 

डेङ्गु सार्ने लामखुट्टे घर आसपासमै राखिने गमला, फूलदानी, एयर कण्डिसन, कुलर, पानी ट्यांकी, फालिएका प्लास्टिकका भाँडा र पुराना टायरहरूमा जमेको सफा पानीमा बस्ने भएकाले नियन्त्रणका उपायहरु बताउँदै कर्मचारी तथा जनप्रतिनिधीहरु घर घरै पुगेका हुन् । गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठले सम्पूर्ण जनप्रनिधि, कर्मचारी, स्थानीय व्यवसायी तथा समाजसेवीहरुले डेङ्गु नियन्त्रण अभियानमा सघाउन अनुरोध गरेका छन । उनले जनप्रतिनिधि र कर्मचारीबाट मात्र डेङ्गु नियन्त्रण सम्भव नभएको भन्दै यसमा सवैको सहयोगको जरुरी रहेको बताए ।

यो अवधिमा व्यक्तिका घर, पसल तथा ग्यारेजहरूमा पुगेर डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजेर तीनका लार्भा नष्ट गर्ने काम गरेको नगर स्वास्थ्य शाखाका प्रमुख सरोज कर्णले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप