मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले आज २० अर्ब तरलता बजार पठाउँदै

बिहीबार, २३ भदौ २०७९, ११ : ४३
बिहीबार, २३ भदौ २०७९

नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँ तरलता बजार पठाउँदैछ । बैंकले १४ दिनका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई सापटीको रुपमा यस्तो तरलता प्रवाह गर्न लागेको हो । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ः १५ बजेसम्म बैंकद्वारा जारी गर्ने रिपोका लागि आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकका अनुसार आवेदकले न्यूनतम १० करोडदेखि माथि ५ करोडले भाग गर्दा निशेष भाग जाने अंकसम्मको लागि आवेदन दिन सक्नेछन् ।

राष्ट्र बैंकले बजारमा तरलता अभाव भएका बेला रिपोमार्फत बैंक तथा वित्तीय संस्थालाई अल्पकालीन कर्जा सापटी दिने गर्छ भने बजारमा अधिक तरलता भएको बेला रिभर्स रिपोमार्फत पुनः पैसा उठाउने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप