सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

सभामुखसँग फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट

बिहीबार, २३ भदौ २०७९, ११ : १४
बिहीबार, २३ भदौ २०७९

नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग  शिष्टाचार भेट गरेको छ । फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष ड्यानेल सलमोन नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले बिहीबार विहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेट वार्ता गरेको हो । 

भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रीपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गरे ।

सभामुख सापकोटाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गरेका छन् । उनले जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्ष रुपमा परिरहेको चर्चा गर्दै यसको मिलेर सामना गर्नु पर्नेमा जोड दिए ।

भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष ड्यानेल सलमोनले नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गरे । उनले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप