ट्राफिक नियम उल्लङ्घन गर्ने ३४ सय ९६ जना चालकमाथि कारवाही
बिहीबार, २३ भदौ २०७९, १० : ३६
ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४९६ जना चालकहरूलाई हिजो काठमाण्डौ उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २७५ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १९५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १३४ जना, ढोका खुल्लै राखेर सवारी चलाउने १३४ जना र मदिरा पिएर सवारी साधन चलाउने १२९ जना सवारी चालक रहेका छन् ।
अवस्था ठिक नभएका सवारी साधन चलाउने ११६ जना, लेन उल्लङ्घन गर्ने १११ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७३ जना, तीव्र गतिमा सवारी साधन चलाउने ६५ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ५२ जना चालक पनि कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त