लमजुङमा १८ हजार भन्दा बढीले बनाए राष्ट्रिय परिचयपत्र
बिहीबार, २३ भदौ २०७९, ०८ : ०२
![लमजुङमा १८ हजार भन्दा बढीले बनाए राष्ट्रिय परिचयपत्र](https://rpcdn.ratopati.com/media/albums/national-id-parichayapatra_61tG9AqDP8.jpg)
लमजुङमा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यलय लमजुङमा हाल सम्म १८ हजार दुई सय ४१ जनाले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् ।
जिल्लाका आठ वटै स्थानीय तहका नागरिकलाई राष्ट्रिय परिचयपत्रको लागि प्रशासनबाट नै सेवा दिएको प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले बताए ।
उनका अनुसार जिल्लाभर राष्ट्रिय परिचयपत्र बनाउनेको सख्या १८ हजार दुई सय ४१ जना रहेको छ । जसमा महिला सात हजार १ सय १७ छन् भने पुरुष ११ हजार १ सय २४ जना रहेको प्रजिअ वैद्यले बताए ।
वैदेशिक रोजगार विभागले राष्ट्रिय परिचयपत्र अनिवार्य माग गरेपछि जिल्लाका बैदेशिक रोजगारीमा जाने तथा डीभी भर्नेहरुको लागि अनिवार्य भएपछि जिल्ला प्रशासनमा परिचयपत्र बनाउन आउने मानिसको संख्या वृद्धि भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ
-
सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसदबाट पास गर्छौं : सञ्चारमन्त्री