बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

भलिबल संघको अध्यक्षमा चन्द निर्वाचित

बिहीबार, २३ भदौ २०७९, ०७ : १७
बिहीबार, २३ भदौ २०७९

नेपाल भलिबल संघ (एनभीए) को अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द  निर्वाचित भएका छन् । बिहीवार बिहान आएको नतिजा अनुसार चन्दले अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई पराजित गरेका हुन । निर्वाचनमा चन्दको प्यानल नै विजयी भयो   । 

पछिल्लो समय महासचिव रहेका चन्दले ७६ मत ल्याए । यस्तै, पराजित मास्केले ५० मत प्राप्त गरिन । निर्वाचनमा कुल १ सय २८ मत खसेको थियो । 

यस्तै, महासचिव पदमा चन्द समूहकै  रोशनकुमार श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ८५ मत ल्याए । उनका प्रतिद्वन्द्वी मनवीर छन्त्यालले ३९ मत पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप