अवैध उत्खननमा प्रयोग भएका ४ ट्रयाक्टर प्रहरी नियन्त्रण
बिहीबार, २३ भदौ २०७९, ०६ : २९
![अवैध उत्खननमा प्रयोग भएका ४ ट्रयाक्टर प्रहरी नियन्त्रण](https://rpcdn.ratopati.com/media/albums/tt_OSIGG2CYYx.jpg)
अवैध उत्खननमा प्रयोग भएका ४ ट्रयाक्टरलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।
सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार बुधबार मोरङको लेटाङ नगरपालिका वडा नं.-३ चिसाङ खोलामा अवैध रुपमा नदिजन्य पदार्थ ढुङ्गा, गिटी बालुवा उत्खनन् गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले ति ट्रयाक्टरलाई नियन्त्रणमा लिएको हो ।
प्रदेश नं. २-०३-०० त २११६, को २ त ४३११, को २ त ७०२३ र को ३ त ७३१ नम्बरको ट्रयाक्टरहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि लेटाङ नगरपालिकाको कार्यालयमा बुझाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गुटलाई नेपालमा फोहोरी खेल बनाइयो’
-
व्यावसायिक कागतीखेतीमा रमाएका प्रतीक
-
अमेरिकामा अर्को विमान दुर्घटना, विमानस्थलमै दुई विमान ठोक्किए
-
हमासले बन्दीको रिहाइ रोक्ने बताएपछि ट्रम्पले दिए कडा चेतावनी
-
प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा पाण्डे
-
जग्गा भोगाधिकारमा अड्किँदा चार वर्षदेखि कृषि उपज केन्द्र अलपत्र