आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

साफ यू–१७ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा

बुधबार, २२ भदौ २०७९, २३ : २०
बुधबार, २२ भदौ २०७९

नेपाल साफ यू–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।  बुधबार राति भएको खेलमा भुटानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।  कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालको जितमा उनेश बुढाथोकी र सीमान्त थापाले एक एक गोल गरे ।

उता भुटानका जेत्सुन दोर्जीले एक गोल फर्काए । नेपालका लागि खेलको १३ औं मिनेटमा उनेशले गोल गर्दै अग्रता दिलाए । ५७ औं मिनेटमा सिमान्तले गोल गर्दै नेपालको अग्रता दोब्बर पार्यो । खेलको ६८ औं मिनेटमा भुटानका दोर्जीले एक गोल फर्काए पनि नेपाल २–१ ले विजयी भयो ।

जितसँगै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको छ । नेपालको जितसँगै भारत पनि सेमिफाइनलमा पुगेको छ ।  लगातार दुई खेल हारेको भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘बी’ मा रहेको नेपालले १ खेलमा ३ अंक छ । पराजित भुटान २ खेलमा अंक विहीन रहेर पुछारमा छ । भारत ३ अंक जोडेर शीर्ष स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप