आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

उज्वेकिस्तानमा सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने

बुधबार, २२ भदौ २०७९, २२ : १७
बुधबार, २२ भदौ २०७९

चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अर्को हप्ता उज्वेकिस्तानमा भेट हुने भएको छ ।  रुसी सरकारी समाचार एजेन्सी ताससँगको कुराकानीमा बेइजिङका लागि रुसी राजदूत आन्द्रे डेनिसोभले बुधबार यो जानकारी दिएका हुन् ।

डेनिसोभका अनुसार आगामी साता सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनम भाग लिन जाँदा दुई नेताको भेट हुनेछ ।  सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा हुने पुटिन र सीको भेट युक्रेनमा रुसी आक्रमण शुरु भएपछिको पहिलो प्रत्यक्ष भेटघाट हुनेछ ।

साथै सीको उज्बेकिस्तान भ्रमण कोरोनाभाइरस महामारी शुरु भएपछि सीको पहिलो विदेश यात्रा पनि हुनेछ ।  एससीओ शिखर सम्मेलन सेप्टेम्बर १५ र १६ सम्म समरकन्दमा हुनेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप