बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेशनललाईफ इन्स्योरेन्सको “इम्प्लोयीस्किल इन्हान्समेन्ट ओर्कसप” सम्पन्न

बुधबार, २२ भदौ २०७९, २१ : १६
बुधबार, २२ भदौ २०७९

“एक्सेल एण्ड इलेभेट” २०७९÷८०” नाराकासाथ नेशनललाईफ इन्स्योरेन्स कम्पनी लि. ले ३ दिने “इम्प्लोयी स्किल इन्हान्समेन्ट ओर्कसप” पोखरामा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रम कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा आयोजना गरिएको हो । 

सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष सिंहले दक्ष कर्मचारीहरूबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरुको दक्षता अभिवृद्धिको लागि आवश्यक लगानी गर्दै जाने जानकारी गराइन् । सम्मेलनमा विभागीय प्रमुखसहित देशभरबाट   प्रशासनिक कर्मचारीहरु गरी २०० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक हुँदै गैरहेको वर्तमानस्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासिल गरी बीमा बजारमा कम्पनीलाई अग्र स्थानमा पु¥याउन मार्केटिङ कर्मचारीहरुको जत्तिकै भुमिका प्रशासनिक कर्मचारीहरुको पनि हुने भएकोले सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्दै यस सम्बन्धमा अधिकतम प्रयास गर्न उत्प्रेरणा प्रदान गरे ।  

प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा समितिवाट कर्मचारी दक्षता अभिबृद्धि कार्यक्रम संचालन गर्नु पर्ने निर्देशन प्राप्त भएअनुसार यो कार्यक्रम संचालन गरिएको र आगामी वर्षहरुमा  पनि यस्ता कार्यक्रमहरु नियमित रुपमा संचालन गरिने जानकारी गराए । कार्यक्रममा नियमनकारी निकाय बीमा समितिका निर्देशक सुशील देव सुवेदीले नेपालको बीमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था र यस सम्बन्धमा नियामक निकायवाट भएका विस्तृत प्रयासहरु सम्बन्धमा गहन जानकारी गराएका थिए ।  
 
सम्मेलनमा सहभागि कर्मचारीहरुलाई चर्चित संचारकर्मी एवं मिस नेपाल (२००५) सुगारिका के.सी.ले ब्यक्तित्व विकास सम्वन्धमा प्रशिक्षण प्रदान गरेकी थिइन् ।  नेपाल पुनर्बीमा कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले कार्यक्रममा जोखिमयुक्तका प्रक्रियाको महत्वमा प्रकाश पारे ।  साथै कम्पनीका विभागीय प्रमुखहरुले कम्पनीको प्रशासनिक कार्यहरु सम्पन्न गर्ने क्रममा विभिन्न समस्याहरूको पहिचान गरी सहजिकरण गर्दै कम्पनीका ग्राहक तथा अभिकर्ता वर्गहरुलाई छिटो छरितो र विश्वासिलो सेवाप्रदान गर्ने उपायहरुका बारेमा जानकारी गराएका थिए । सम्मेलनमा उत्कृष्ट कार्य गर्ने ५ जना कर्मचारीहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले   सम्मान तथा पुरस्कृत गरेका थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप