शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

वीरगञ्जमा मधेस विश्वविद्यालयको उद्घाटन

बुधबार, २२ भदौ २०७९, २० : ५३
बुधबार, २२ भदौ २०७९

मधेस प्रदेश सरकारले मधेस विश्वविद्यालय उद्घाटन गरेको छ । वीरगञ्जमा एक कार्यक्रमका बीच मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवलकिशोर साहले विश्वविद्यालय उद्घाटन गरेका हुन् ।

पर्साको सदरमुकाम वीरगञ्जमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयलाई पर्साको ग्रामीण भेगमा १०० बिघा जग्गा खरिद गरेर अन्य भौतिक संरचना निर्माण गरिने बताइएको छ । हालका लागि नेसनल ट्रेडिङको भौतिक संरचनामा यसको कार्यालय स्थापना गरिएको हो । भौतिक संरचना निर्माणका लागि १० अर्बको दाता भेटिइसकेको उपकुलपति प्राध्यापक डा दीपक शाक्यले बताए । विश्वविद्यालयको कार्यपत्र प्रस्तुत गर्दै शाक्यले मधेसमा शिक्षाका लागि यो गौरवको विषय भएको बताए ।

उनले मधेसको शिक्षा परम्परागत कोर्समा आधारित भएको भन्दै यो विश्वविद्यालय स्थापना भइसकेपछि मधेसका लागि चाहिने आधुनिक, वैज्ञानिक र सीपमुलक शिक्षामा आधारित भएर कोर्सहरू विकास गरिने बताए ।कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, वन तथा वातावरण मन्त्री प्रदिप यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायत मधेस प्रदेशका राजनीतिक दलका नेता, शिक्षाविद्लगायतको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप