कार्यदलको प्रतिवेदन तयार, बिहीबार शीर्ष नेतालाई बुझाउने
सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलले प्रतिवेदन तयार गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रतिवेदन तयार गरेको हो ।
प्रतिवेदनलाई कार्यदलले अन्तिम रूप दिएर भोलि शीर्ष नेताहरूलाई बुझाइने बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । सिट बाँडफाँट करिब–करिब टुंगिएको बताउँदै उनले भोलि बिहान ९ बजे कार्यदल बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने बताए । कार्यदलको बैठकबाट प्रतिवेदन तयार गरेर शीर्ष नेतालाई बुझाउने उनले बताए ।
‘जुन जिम्मेवारी छ । त्यसअनुसार आज हामीले प्रतिवेदन तयार गरेका छौँ । यो प्रतिवेदनलाई भोलि बिहान अन्तिम रुप दिनेछौँ । सिट संख्या करिब करिब मिलेको छ । कही कुराहरुमा छलफलको आवश्यकता छ,’ उनले भने,‘९ बजे कार्यदलको बैठक बस्छ । अन्तिम रुप दिएपछि बुझाउँछौं ।’ छलफल सकिएपछि औपचारिक जानकारी गराउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निकुञ्ज सम्बन्धी नीति प्रमाणमा आधारित रहेर बनाउन प्रतिष्ठानको सुझाव
-
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह
-
घनश्यामको प्रस्तावमा माधवको कैँची, कार्यविभाजनले असन्तुष्टि सामसुम !
-
यस्तो छ ‘द्रौपदी’ लुक्स
-
दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज
-
मिडल अर्डरमा राम्रो गर्न सकेनौँ : कप्तान आसिफ