आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

विद्यालय नाटक महोत्सव सुरु, उद्घाटनमै ‘साँढे’

बुधबार, २२ भदौ २०७९, २० : १५
बुधबार, २२ भदौ २०७९

विराटनगरमा विद्यालय नाटक महोत्सव सुरु भएको छ । आयोजक आरोहण–गुरुकुल विराटनगरले नाटक ‘साँढे’ मञ्चन गरेर महोत्सवको सुरुवात गरेको हो ।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा आगामी भदौ ३१ गतेसम्म हुने महोत्सवमा बिहीबारदेखि नियमित ९ विद्यालयका ९ नाटक मञ्चन हुनेछन् । दैनिक अपराह्न ४ बजे फरकफरक विद्यालयका नाटक मञ्चन हुने आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।

भदौ २३ गते मनकामना सेकेन्डरी इङ्गलिस बोर्डिङ स्कूलले उद्धारकर्ता विवेक, भदौ २४ गते पूर्वाञ्चल विद्या सदन सेकेन्डरी इङ्गलिस बोर्डिङ स्कूलले अँधेरी नगरी, भदौ २५ गते बुढानिलकण्ठ सेकेन्डरी इङ्गलिस स्कूलले प्रत्यागमन, भदौ २६ गते रञ्जनी एकेडेमिक इङ्गलिस टिचिङ स्कूलले चोर, भदौ २७ गते सुम्निमा इङ्गलिस स्कूलले भविष्य निर्माण नाटक मञ्चन गर्नेछ ।

त्यस्तै भदौ २८ गते मोर्डन एरा सेकेन्डरी इङ्गलिस बोर्डिङ स्कूलले कोही निक बर्बाद होस्, भदौ २९ गते लक्ष्मीनारायण वेद विद्याश्रमले सुसंस्कृतम्, भदौ ३० गते कान्तिपुर सेकेन्डरी स्कुलले खुट्टीमा झुण्डिएको कोट र भदौ ३१ गते अन्तिम दिन श्री श्री रविशंकर विद्या मन्दिरले प्रेमको प्रतीक–भगवान् कृष्ण मञ्चन गर्नेछ ।

बुधबार आयोजकले मञ्चन गरेको नाटकमा विकास पराजुली, भरत कार्की, देवेन्द्र यादव, समीक्षा दाहाल, प्रदिप दाहाल, अजय सुवेदी, लकेश दंगाल, मन्तोष यादव, राजेश ठाकुर, रिया सिग्देल, प्रिती उपाध्याय, प्रतिक्षा न्यौपाने, अमन लगायतले अभिनय गरेका थिए ।

गुरुकुलका विद्यार्थी अशोक गौतमको निर्देशन तथा सविन भट्टराई र देवेन्द्र यादवको सहनिर्देशनमा भीमनिधि तिवारीकृत ‘साँढे’ तयार पारिएको हो । त्यसअघि अध्यक्ष भैरव क्षेत्री तथा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पानसमा बत्ती बालेर संयुक्त रुपमा महोत्सवको उद्घाटन गरेका थिए ।  

महोत्सवमा सहभागी हुन आवेदन दिएका विद्यालयमध्येबाट ९ विद्यालय छनौट गरी सहजीकरण तथा प्राविधिक सहयोग आयोजकले गरेको हो । सहभागी विद्यालयले शिक्षक तथा विद्यार्थीको निर्देशनमा तयार पारेको नाटकमा विद्यार्थीलाई नै अभिनय गराएका छन् । महोत्सवले विद्यालय, विद्यार्थी र  ङ्गमञ्चलाई जोड्ने आयोजकले अपेक्षा गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप