पुष्पलालदेखि विप्लवको अस्पष्ट कार्यदिशाका कारण कम्युनिस्ट आन्दोलन संसदीय दलदलमा फस्यो : बास्तोला
नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले पुष्पलाल, मोहन वैद्य, प्रचण्ड हुँदै विप्लवले दिएका अस्पष्ट कार्यदिशाकै आधारमा पार्टी चलाएकाले नेपाली कम्युनिस्टहरु घुमीफिरी संसदीय दलदलमा फस्न पुगेको बताएका छन् । बुधबार संवाद डबलीमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संगठन विभाग प्रमुख सागर लिम्बुसहित १ दर्जन नेता–कार्यकर्तालाई आफ्नो पार्टीमा स्वागत गर्दै बास्तोलाले सो बताएका हुन् ।
उनले निर्धक्क भएर जनताको पक्षमा लाग्न निर्देशन समेत दिए । संयोजक बास्तोलाले २०३५/३६ सालदेखि कम्युनिस्ट तथा क्रान्तिकारी उतारचडाब र सफलता–असफलताको गम्भिर समिक्षा गरेर नेकपा (बहुमत) निर्माण गरेकोले आफ्नो पार्टी क्रान्तिकारी र जनपक्षीय हुने दाबी गरे । विश्वमा पुँजीवादी बहुदलीय संसद्वादले आफ्नो प्रगतिशील चरित्र गुमाइसकेको र नेपाली कम्युनिस्ट भनिएका दलहरु दक्षिणपन्थी दलापूजीवादमा फसिसकेकोले त्यसको एक मात्र विकल्प नेकपा (बहुमत) हुने जिकिर गरे ।
सागर लिम्बुले नेपालमा विभिन्न टुटफूटले नेपाली जनताको ठूलो आशा र भरोसामा तुसारापात भएको र प्रचण्डदेखि विप्लवले केबल आफू आफ्नो वारीपरीको लागि १० वर्षे जनयुद्धको उपलब्धिको दुरुपयोग गरेको आरोप लगाए । लिम्बुले बहुमतमा परिपक्व र बौद्धिक नेताहरुले नेतृत्व गरेको हुँदा उत्पीडित जनताले मुक्ति पाउने आशा रहेको बताए ।
आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका विभाग प्रमुख सागर लिम्बु, केन्द्रीय सदस्यहरु बद्रीकुमार चौलागाईं, सकल लिम्बु, बद्री चौलागाईं, सविन दाहाल, आतिश मिश्र, निश्चल परियार र स्वतन्त्र तथा कम्युनिस्ट रामचन्द्र बलामीसहित १ दर्जनबढी नेकपा (बहुमत) मा ध्रुवीकृत भएका हुन् । पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओलीसहितका नेता कार्यकर्ता उपस्थित भएको सो कार्यक्रमको सञ्चालन केन्द्रीय आयोजक समिति सदस्य सरद रसाइलीले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशिक्षकलाई रातो कार्ड, गोलरक्षकको अनुहारमा विपक्षीको बुट र पीएसजीको जित !
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि