आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पेट्रोलियम ढुवानी व्यवसायीले गरे पाँचौ पटक आन्दोलनको घोषणा

बुधबार, २२ भदौ २०७९, १८ : ३७
बुधबार, २२ भदौ २०७९

भाडा वृद्धिको माग राख्दै पेट्रोलियम ढुवानी व्यवसायीहरुले पाँचौ पटक आन्दोलनको घोषणा गरेका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै व्यवसायीहरुको छाता संगठन पेट्रोलियम ढुवानी व्यवसायी महासंघले भाडा वृद्धिका लागि भदौ २५ गतेसम्मको अल्टिमेटम दिएको हो । 

यदि माग पुरा नभए असोज १ गतेदेखि पूर्ण रुपमा पेट्रोलियम पदार्थको ढुवानी रोकी सप्लाई चेन नै अवरुद्ध पार्ने महासंघले चेतावनी दिएको छ । महासंघले २४ गतेसम्म भाडा वृद्धि नगरिए २५ गतेबाट आन्तरिक तथा वाह्य दुवै प्रकारका पेट्रोलियम ढुवानीको अग्रिम ढुवानी अनुमति नलिने र असोज १ गतेबाट देशभरको ढुवानी ठप्प बनाउने उद्घोष गरेको छ ।

उसो त ढुवानी भाडा वृद्धिको माग राख्दै व्यवसायीहरुले यसअघि चार पटक आन्दोलनको घोषणा गरिसकेका छन् । तर, जिम्मेवार आयाल निगमले पटक पटक सहमति गर्ने तर भाडा वृद्धि नगर्ने गरेकाले आफूहरु बाध्य भएर पाँचौ पटक पनि आन्दोलनमा उत्रिन परेको व्यवसायीहरुको भनाइ छ । 

महासंघमार्फत व्यवसायीहरुले रुटअनुसार कम्तीमा ३ देखि १० प्रतिशतसम्म भाडा वृद्धि गर्नुपर्ने माग गर्दै आएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप