बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

‘महामारीका बीच नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको छ’

बुधबार, २२ भदौ २०७९, १७ : ५५
बुधबार, २२ भदौ २०७९

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य क्षेत्रको सुदृढीकरण कुनै पनि आकस्मिक अवस्थाको तयारी र प्रतिकार्यको प्रयासहरुको अभिन्न अंग हुनुपर्ने बताएका छन् । विश्व स्वास्थ्य संगठन क्षेत्रीय समितिको दक्षिणपूर्व एसियाको ७५ औं अधिवेशनमा भाग लिन भुटान पुगेका स्वास्थ्य राज्यमन्त्री केसीले सो अवसरमा बहुजोखिमका जनस्वास्थ्यका आकस्मिक अवस्थाहरूलाई सामना गर्न सक्षम स्वास्थ्य क्षेत्र तयार गर्नका लागि धेरै लगानी तथा मिहिनेत गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘महामारीको बिचमा पनि नेपालले स्वास्थ्य क्षेत्रमा केही उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएको छ । नेपालले दादुरा रुबेला तथा औलो रोगको निवारणको लक्ष्य प्राप्तितर्फ उल्लेख्य उपलब्धि हासिल गरेको छ ।  प्रयोगशालाको संजालको सुदृढीकरण मार्फत जनस्वास्थ्यको निगरानी सबल बनाएका छौं भने  स्वास्थ्य क्षेत्रको मानव श्रोत, स्वास्थ्य क्षेत्रको वित्तीयकरण, नसर्ने रोगको लागि बहुक्षेत्रीय कार्य योजना लगायतका नीतिगत सुधारका कदम समेत चालेका छौं  । सन् २०२१ मा कोभिड १९  विरुद्धको राष्ट्रिय खोप कार्यक्रम लागु गर्ने यस क्षेत्रकै अग्रणी राष्ट्रहरु मध्ये नेपाल पर्न सफल भएको छ ।’ 

आकस्मिक अवस्थाहरूमा समेत अत्यावश्यक स्वास्थ्य सेवाहरुलाई सुचारु राख्न वैकल्पिक सेवा प्रवाहका माध्यम तथा सञ्जालहरु अबलम्बन गर्नुपर्ने बताए । स्वास्थ्य राज्यमन्त्री केसी बिहीबार नेपाल फर्किने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप