कुमारी क्यापिटलको संस्थागत परामर्श सेवा शुभारम्भ

कुमारी क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवा अन्तर्गत ‘वे टु लिस्टिङ’ नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासनपुर्व गर्नुपर्ने वित्तिय तथा संगठनात्मक पुनर्संरचना लगायतका कार्यमा आवश्यक सम्पुर्ण वित्तिय तथा कानुनी परामर्श सेवा उपलब्ध गराउने जनाइएको छ ।
साथै, क्यापिटलले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने, निष्कासित धितोपत्र नेपाल धितोपत्र विनिमय बजारमा सूचिकरण गराउने लगायतका सम्पुर्ण सेवाहरु प्रदान गर्नेछ । क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत व्यवसायिक तथा वित्तिय योजनाको तयारी गर्ने, वित्तिय तथा संगठनात्मक पुनर्संरचना गर्ने, वित्तिय श्रोत जुटाउन सहयोग गर्ने, कम्पनी मूल्याङ्कन, तथा परियोजना मूल्याङ्कन गर्ने लगायतका काम गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?