बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पर्वतबाट प्रतिनिधिसभा सदस्यको उम्मेवार सिफारिस

बुधबार, २२ भदौ २०७९, १७ : ३९
बुधबार, २२ भदौ २०७९

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना प्रतिनिधिसभा सदस्यका लागि पर्वतबाट उम्मेदवार सिफारिस भएका छन् । नेकपा (एमाले) पर्वतको मङ्गलबार सम्पन्न छैटौँ बैठकले आगामी मङ्सिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने क्रममा तिमिल्सिनाको नाम सिफारिस गरेको हो ।

राष्ट्रियसभामा अध्यक्ष तिमिल्सिनाको कार्यकाल अझै एक वर्षभन्दा बढी रहेको भए पनि गृह जिल्लामा प्रत्यक्ष उम्मेदवार बन्ने इच्छा देखाएमा उम्मेदवार बन्न सक्ने भन्दै बैठकमा प्रस्ताव आएपछि उम्मेदवार सिफारिस गरिएको एमाले जिल्ला सचिव गोविन्द पहाडीले जानकारी दिए । 

अध्यक्ष तिमिल्सिनासँगै एमाले पर्वतले केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य कल्पना चापागाईँ, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य पदम गिरी र संविधानसभा सदस्य तथा गण्डकी प्रदेशका पूर्वमन्त्री विकास लम्सालको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवारको सूचीमा जिल्ला समन्वय समिति पर्वतका निवर्तमान प्रमुखसमेत रहेका मनोहर विश्वकर्मा पौडेलको नाम सिफारिस गरी पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप