बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

राउण्ड टेबल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित

बुधबार, २२ भदौ २०७९, १७ : २२
बुधबार, २२ भदौ २०७९

राउण्ड टेबल नेपालको २२ औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।  चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा भएको साधारणसभाबाट उपाध्यक्ष नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिल बंशल चयन भए । 

निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो कार्यकालमा गरेका कामको बारेमा अवगत गराएका थिए ।  सो कार्यक्रममा जर्मनी, फ्रान्स, भारत, बंगलादेश लगायतका मुलुकबाट अतिथिहरू आएका थिए । साधारणसभामा देशभरबाट ४ सयभन्दा बढी सदस्यहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप