शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

हेल्थ एट होमद्वारा डेंगु रोग पीडितलाई सुरू गर्यो निःशुल्क स्वास्थ्य परामर्श सेवा

बुधबार, २२ भदौ २०७९, १७ : २१
बुधबार, २२ भदौ २०७९

घरघरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनलले पाटन जेसिससँगको सहकार्यमा डेंगु रोग पीडितलाई निःशुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन सुरु गरेको छ । पछिल्ला दिनमा राजधानी लगायत देशभर डेंगु  संक्रमित तिव्र रुपमा फैलिरहेका बेला हेल्थ एट होमले यस्तो सेवाको सुरुवात गरेको हो । 

कम्पनीले बिरामीलाई आवश्यक परामर्श, उनीहरुले स्वस्थ हुन अवलम्बन गर्नुपर्ने कुराहरूका विषयमा निशुल्क परामर्श सेवाको सुरुवात गरेको हो । साथै यदि विरामी अस्पताल जान नसक्ने अवस्था आएमा र घरमै स्वास्थ्य सेवा आवश्यक परेमा समेत स्वास्थ्य उपचारको व्यवस्था मिलाएको छ । कम्पनीले यसअघि कोभिड महामारीको समयमा समेत निशुल्क स्वास्थ्य परामर्शको व्यवस्था मिलाएको थियो भने घरघरमै पुगेर उपचार गर्ने व्यवस्था समेत मिलाएको थियो । 

१४ वर्षअगाडि डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । कम्पनीले हालै मात्रै घरमै पुगेर स्वास्थ्य सेवाका अलावा रेडियोलोजी सेवा दिन सुरु गरेको छ । हाल हेल्थ एट होममार्फत करिब एकलाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ । देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप