बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुटु कमजोर भएको संकेत यी हुन्, रोगबाट बच्न चाहनुहुन्छ भने सतर्क हुनुहोस्

बुधबार, २२ भदौ २०७९, १६ : ५६
बुधबार, २२ भदौ २०७९

मुटु रोगसँग सम्बन्धित समस्या तीब्र रुपमा बढिरहेको छ । यो रोगले नौजवानलाई पनि तीब्र रुपमा ग्रस्त पारिरहेको छ । धुम्रपान, रक्सी र खराब जीवनशैली यो रोगको प्रमुख कारण हुन् । डाक्टरका अनुसार यदि सुरुवाती लक्षण थाहा पाएर उपचार गर्ने हो भने यस्तो रोगबाट बच्न सकिन्छ ।

सरकारी स्वास्थ्य एजेन्सी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार विश्वभरी मुटुरोगका कारण हरेक वर्ष लाखौँ महिला र पुरुषको मृत्यु हुने गर्छ । डरलाग्दो कुरा के हो भने पछिल्ला केही वर्षमा १८ देखि २० वर्षका युवामा पनि हृदयघातको समस्या धेरै नै देखिन थालेको छ, यसैका कारण धेरै युवाले आफ्नो ज्यानसमेत गुमाउनु परेको छ ।

मुटुरोगलाई धेरैजसो अवस्थामा खराब जीवनशैलीसँग जोड्ने गरिन्छ । ध्रुम्रपान, रक्सी सेवन र नियमित रुपमा व्यायाम नगर्दा यो रोगको खतरा बढ्ने गर्छ । अमेरिकन हार्ट असोसिएशनका अनुसार ८० प्रतिशत मुटुरोगीलाई बचाउन सकिन्छ । यसका लागि ती संकेतमात्रै थाहा पाउनुपर्छ जसले तपाईंको मुटुलाई समस्यामा पार्न सक्छ । त्यसपछि तपाईंले आफ्नो बाँकी शरीरजस्तै आफ्नो मुटुको पनि हेरविचार गर्न सक्नुहुनेछ ।

देखिन्छ यस्तो संकेत

फ्लोरिडास्थित डेलरे मेडिकल सेन्टरमा कार्डियोथोरेसिक सर्जरीका मेडिकल डायरेक्टर डा. जेफरी न्युम्यानका अनुसार साधारण तपाईंको मुटुको स्वास्थ्यलाई इजेक्सन फ्रेक्सनमार्फत् मापन गरिन्छ । एक सामान्य इजेक्सन फ्रेक्सन ५५ वा ६० प्रतिशत हुन्छ जसको अर्थ यो हो कि मुटुमा जति रक्त सञ्चार भइरहेको छ त्यसको साठी प्रतिशत सहजै बाहिर पम्प भइरहेको छ । यसलाई एक सामान्य रुपमा काम गर्ने स्वस्थ मुटु मानिनेछ ।

यस्तै, यदि तपार्ईंको मुटु कमजोर हुन थाल्छ, तपाईंलाई हृदयघात हुन्छ वा तपाईंलाई मुटुजन्य कुनै रोग लागेको छ भने तपाईंको मुटुको इजेक्सन फ्रेक्सन कम हुने गर्छ । उदाहरणका लागि यदि कुनै बिरामीको ३० प्रतिशत इजेक्सन फ्रेक्सन भइरहेको छ भने यसको अर्थ मुटुले राम्रोसँग रक्त प्रवाह गर्न सकिरहेको छैन भन्ने हो । यो समस्या पछि गएर हार्ट फेल हुनुको कारण बन्ने गर्छ । कुनै पनि व्यक्तिको मुटुको इजेक्सन फ्रेक्सन जति कम हुनेछ, उनलाई त्यति नै हार्ट फेल्योर र कार्डियक अरेस्टको खतरा हुनेछ ।

यसरी कम गर्नुहोस् मुटुरोगको जोखिम

डा. न्युम्यान भन्छन्, ‘सामान्य रुपमा मानिसहरु आफ्नो स्वास्थ्यबारे चिन्तित त हुन्छन् तर आफ्नो मुटुको स्वास्थ्यबारे भने त्यति जागरुक हुँदैनन् । उनीहरु यसलाई नजरअन्दाज गरेर हिँड्छन् । खराब खानपान, मोटोपना, व्यायामको कमी, अल्छी र शारीरक रुपमा मेहिनेत न गर्ने बानीले मुटुमा नकारात्मक असर पार्ने गर्छ । मुटुको स्वास्थ्य धेरै हदसम्म हाम्रो जीवनशैलीसँग जोडिएको छ । जीवनशैलीलाई सुधारेर यसबाट बच्न सकिन्छ । हाम्रोमा यस्ता धेरै बिरामी आउँछन् जसको मधुमेह बढेको हुन्छ वा रक्तचाप नियन्त्रण बाहिर हुन्छ ।’

‘यसका साथै उनीहरु धुम्रपान गर्छन् र शारीरिक रुपमा निस्क्रिय हुन्छन् । उमेर बढ्दा पनि उनीहरुले स्वास्थ्यलाई बेवास्ता गर्र्दै हिँडिरहेका हुन्छन् । यसो गर्दा उनीहरु  ५०, ६० वा ७० वर्ष पुग्दासम्म उनीहरुको शरीर बिग्रिसकेको हुन्छ । म यो भन्दिनँ कि तपाईंहरु सधैँ बाँचिरहनु हुन्छ तर तपाईंले आफ्नो ख्याल राखेर आफ्नो जीवनलाई उत्कृष्ट बनाउन सक्नुहुन्छ ।’

सास फेर्न समस्या हुनु पनि मुटुरोगको संकेत

डा. न्युम्यान थप्छन्, ‘तपाईंले सामान्य जीवनमा यदि तपाईंको बेडरुमबाट भान्सासम्म जाँदा सास फुल्छ र तपाईं कुनै ठाउँमा रोकिएर वा बसेर सास फेर्नुपर्छ भने तपाईंको मुटु कमजोर भइरहेको छ । यो एक सुरुवाती संकेत हो जनले बताइरहेको छ कि तपाईंको मुटुले राम्रोसँग रक्तसञ्चार गर्न सकिरहेको छैन र रगत तपाईंको फोक्सोमा राम्रोसँग पम्प हुन सकिरहेको छैन ।

छाती दुख्नु मुटुरोगको लक्षण हुनसक्छ

यदि तपाईं आफ्नो बेडरुमबाट किचन सम्म जाँदा तपाईंको छाती दुख्न थाल्छ र तपाईं कुनै ठाउँमा बसेपछि दुखाई ककम हुन्छ भने पनि यो मुटुरोगको लक्षण हो ।

– बारम्बार बेहोस हुनुहुन्छ भने यसलाई नजरअन्दाज नगर्नुहोस्

– यदि बारम्बार बेहोस हुनुहुन्छ भने तपाईंलाई भल्भुलर हार्ट समस्या हुनसक्छ । साधारण काम गर्दा रिँगटा लाग्ने वा बेहोस हुनुहुन्छ भने यो खतराको संकेत हो । यो एरोटिक इस्टेनोसिस रोगको एउटा संकेत हो जसमा तपाईंको मुटुको भल्भ खुम्चिन थाल्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप