सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

बेस्ट ईन क्लास ‘टीभीएस अपाचे आरटीआर १६० फोर–भी’

बुधबार, २२ भदौ २०७९, १६ : ३५
बुधबार, २२ भदौ २०७९

टीभीएस मोटर्सको लोकप्रिय मोटरसाइकल ‘टीभीएस अपाचे आरटीआर १६० फोर–भी’ यतिखेर बजारमा निकै चर्चामा छ । डिजिटल नेभिगेसन सिस्टम, ब्लूटुथ कनेक्टिभिटीसहितको मोटरसाइकलमा थप थ्री मोड राइड सिस्टम तथा एबीएस (अटोमेटिक ब्रेकिङ सिस्टम) समेतको सुविधाले आरटीआर फोर–भीलाई विशेष बनाएको हो ।

मोटरसाइकलको आकर्षक साजसज्जा र उत्कृष्ट पावर पिकअप त छँदैछ । १६० सिसि इन्जिन क्षमताको मोटरसाइकलमा कम्पनीले थ्री मोड प्रदान गरिएको छ । अर्थात् बाटोको अवस्था र आवश्यकता अनुसार मोटरसाइकलको गति र पावरलाई एकीकृत गर्न सकिन्छ । जस्तो, सुगम (अनरोड) का लागि स्पोर्टी मोडमा राखेर फुल पावरमा मोटरसाइकललाई ११४ किलोमिटर प्रतिघण्टाको गतिमा कुदाउन सकिन्छ । जति बेला १७.५५ पीएसमा इन्जिनले ९ हजार २५० आरपीएमसम्मको पावर जेनेरट गर्न सक्छ भने १४.७३ एनएममा ७ हजार २५० आरपीएम टक्र्यू उत्सर्जन गर्नसक्छ । जसले यात्रालाई स्मुथ र गतिशिल बनाउँछ । 
यस्तै, अर्बन मोडमा १५.६४ पीएसमा ८ हजार ६०० पावर र १४.१४ एनएममा ७ हजार २५० आरपीएमको टक्र्यू जेनेरेट हुन्छ । जुन मोडमा अधिकतम १०३ किलोमिटर प्रतिघण्टाको गतिमा स्पीड राइड गर्न सकिन्छ । तेस्रोमा कम्पनीलेरेन मोड प्रदान गरेको छ । उखडबखड बाटो, हिलोमा पनि बाइकको गतिलाई सन्तुलित राख्न रेन मोडले विशेष सहयोग गर्दछ । एबीएससहितको ब्रेकिङ सिस्टमले बाइकको गतिलाई आवश्यकता अनुसार चाहिएको समयमा नै सुरक्षित अवतरण गराउँदछ । यस मोडमा १५.६४ पीएसको पावरमा ८ हजार ६०० आरपीएम र १४.१४ एनएममा ७ हजार २५० को आरपीएम जेनेरेट गर्दछ भने बाइकलाई १०३ किलोमिटर प्रतिघण्टाको गतिमा कुदाउन सकिन्छ । 

स्मार्ट कनेक्सन–सेन्सरको सुविधा
टीभीएस अपाचे आरटीआर १६० फो–भी मा पहिलो पटक कम्पनीले ब्लू टुथ कनेक्टिभिटीसहितको सेन्सर सुविधा उपलब्ध गराएको छ । उसो त यसअघिको आरटीआरसँग फोर–भीको धेरै विशेषताहरु मिल्ने भएपनि पछिल्लो समय कम्पनीले मोटरसाइकलमा थ्री मोडसहित सेन्सरको सुविधा थप गरेको हो । बाइकमा कल, एसएमएस आलर्टदेखि लो–फ्यूल वार्निङ, पम्प इन्डिकेटर, लिन एंगल मोडदेखि क्र्यास आलर्ट सिस्टम समेत जडान गरिएको छ । जसले मोटरसाइकललाई बेस्ट ईन क्लासकै रुपमा स्थापित गराएको छ । यसअघि उपलब्ध आरटीआर १६० मा यस्तो सुविधा उपलब्ध थिएन । 

एफआई फ्यूल सिस्टमसहितको एबीएस सिस्टम, १३५७ एमएमको ब्हील बेससहित १८० एमएमको ग्राउन्ड क्लियरेन्सले मोटरसाइकललाई अफरोड विशेष नै बनाएको छ । आरटीआर १६० फोर–भीमा फुल डिजिटल नेगिएसन सिस्टम रहेको छ । जसमा स्पिडोमिटरसहित डिजिटल फ्लूल इन्डिकेटर, गेयर इन्डिकेटर, टाइम वाच समेत उपलब्ध छ । अपग्रेट आरटीआर १६० फोर–भी नाइट ब्ल्याक, मेटालिक ब्लू र रेसिङ रेड गरी तीन कलरमा उपलब्ध छ । 

गत अप्रिल, २०२२ मा मात्र नेपाल भित्र्याइएको आरटीआर १६० फोर–भीको बजार मूल्य कम्पनीले ३ लाख ७९ हजार ९०० रुपैयाँ तोकेको छ । मिडियम क्लासमा उत्कृष्ट फिचर्सहरु प्रदान गरिएकाले पनि बजारमा आरटीआर फोर–भीको लोकप्रियता निकै बढ्दो छ । यद्यपि, दसैंतिहार जस्ता ठूला चाडपर्वमा उपहार योजनासहित विशेष छुट प्रदान गरिने कम्पनीले जनाएको छ । टीभीएसका लागि नेपालको आधिकारीक वितरक जगदम्बा मोटर्स हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप