बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कमेडियन आयुषको गुनासो– ‘प्रहरीले अपूर्वलाई अझै छोडेन’

बुधबार, २२ भदौ २०७९, १६ : १४
बुधबार, २२ भदौ २०७९

नेवा समुदायमाथि लक्षित गर्दै व्यङ्ग्य सामाग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । बुधबार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले प्रहरीलाई अनुमति दिएको हो । 

यता अपूर्वलाई नछोडेको विषयमा उनका सहकर्मी तथा कमेडियन आयुष श्रेष्ठले सामाजिक सञ्जालमार्फत गुनासो पोखेका छन् । उनले मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंका बोलाएर अपुर्वलाई छोड्न त परै जाहोस् उल्टै प्रहरीले दुःख दिएको गुनासो सामाजिक सञ्जालमार्फत गरेका हुन् ।

‘म र साजनलाई टेकुमा बोलाएर हामी दुई जनाले गर्दा मिलापत्र नभएजस्तो गरेर डिएसपी सापले १२, १५ जना बीचमा राखिदिनुभयो । ७ जनाले फोनको क्यामरा तेस्र्याए, मैले भिडियो नखिच्नु भन्दा मानेनन्, फेसबुक लाइभ समेत गरे’ अयुषले अगाडि लेखेका छन्, ‘सबै जना खनिए, हप्काए, अपूर्व निस्कन्छ भनेर सबै कुरा हामीले सुन्यौ । केही कुरा मैले पनि राखे । पछि डि क्लियर गरे हामी मिल्यौ भन्ने ।’ तर प्रहरीले अपूर्वलाई अझै नछोडेको उनको धारणा रहेको छ ।
कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकमा नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य सामाग्री प्रसारण गरेको आरोपमा उनी गत १२ गते पक्राउ परेका थिए । प्रहरीले उनीविरुद्ध ४ वटा मुद्दा अगाडि बढाएको छ ।  अपुर्वले भने यो बिषयमा आफ्नो फेसबुकमार्फत माफी समेत मागिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप