घट्यो कच्चा पेट्रोलियम पदार्थको मूल्य, ७ महिना यताकै न्यून बिन्दुमा
अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आयल प्राइस डटकमका अनुसार कच्चा पेट्रोलियम पदार्थको मूल्य घटेको हो । मूल्य घटेर ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ९३.७६ अमेरिकी डलरमा आइपुगेको छ । यस्तै, डब्लूटीआई कच्चा तेलको मूल्य प्रति ब्यारेल ८७.६९ अमेरिकी डलर कायम भएको छ । यो पछिल्लो ७ महिना यताकै न्यून बिन्दु हो । यसअघि, १ महिना अघि कच्चा तेलको मूल्य घटेर प्रति ब्यारेल ९४ डलरसम्म आइपुगेको थियो । जुन, फेरि बढेर प्रति ब्यारेल १०० डलर प्रति ब्यारेलभन्दा माथि पुगेको थियो ।
यही वर्षको फेब्रुअरी महिनामा कच्चा तेलको मूल्य प्रति ब्यारेल ९० अमेरिकी डलर थियो । यो रुस–युक्रेन बीचको युद्ध सुरू भएपछि बढेर प्रति ब्यारेल १२५ अमेरिकी डलरसम्म पुगेको थियो । अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार आगामी दिनमा कच्चा तेलको मूल्य घटेर ८५ अमेरिकी प्रति ब्यारेलसम्म आउने सम्भावना छ ।
तर, तेल उत्पादन गर्दै आइरहेको देशहरूको साझा संस्था ओपेकले दैनिक १ लाख ब्यारेलसम्म कच्चा पेट्रोलियमको उत्खनन् घटाउने सहमती गरेका छन् । उनीहरूले चीनमा भइरहेको लकडाउनका कारण र विश्वभर पुनः फैलिरहेको कोरोना महामारीका कारण भावी दिनमा पेट्रोलको खपत घट्ने अनुमानसहित यस्तो निर्णय गरेका हुन् । जसले बजारमा मागभन्दा कम आपूर्ति हुने र मूल्य बढाउन वा नघटाउन सहयोग गर्ने आपेक राष्ट्रहरूको अपेक्षा छ ।
३ महिनामा २६ प्रतिशत घट्यो तेलको भाउ
अन्तर्राष्ट्रिय बजारमा पछिल्लो ३ महिनामा कच्चा तेलको मूल्य २६ प्रतिशतले घटेको छ । जुन महिनामा प्रति ब्यारेल १२५ अमेरिकी डलर रहेको कच्चा तेलको मूल्य अहिले ९३ डलर प्रति ब्यारेलमा आइपुगेको छ । यसअनुसार ३ महिनाको अवधिमा कच्चा तेलको भाउ २६ प्रतिशतसम्म गिरावट आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै