बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

भक्तपुरमा प्रेम सुवाललाई डा.राजेन्द्र कोजूको टक्कर

बुधबार, २२ भदौ २०७९, १५ : ५५
बुधबार, २२ भदौ २०७९

मौजुदा संघीय संसदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट एकैजना मात्र प्रतिनिधिसभा सदस्य छन्, प्रेम सुवाल । भक्तपुर–१ बाट निर्वाचित भएका उनी यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रिँदै छन् ।  नारायणमान बिजुक्छे रोहितले पुस्ता हस्तान्तरण भन्दै आफ्नो क्षेत्रबाट पहिलोपटक आफ्नो क्षेत्रमा सुवाललाई २०७० मा उम्मेदवारी बनाएका थिए । सुवालले विजयी पनि भए । 

त्यसपछि दोश्रो पटक २०७४ सालमा पनि सुवाललाई नै उम्मेदवारी बनाइयो, फेरि पनि उनी फराकिलो मतान्तरले विजयी भए ।  यस वर्ष ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि सुवाल नै एक्लो दावेदार हुन् । पार्टीका अर्का सशक्त दावेदार सुनिल प्रजापति भक्तपुर नगरपालिकाको प्रमुखमा रहे पछि सुवाल मात्रै एक्लो दावेदारका रुपमा छन् यस क्षेत्रमा नेमकिपाबाट । सुवाल पार्टीका केन्द्रिय सचिव पनि हुन् । 

नेमकिपाको पकड क्षेत्र भएपनि यो क्षेत्रमा अन्य पार्टीहरूको पनि उम्मेदवारी नपर्ने भने होइन । अहिले गठबन्धनबाट सशक्त दावेदारका रुपमा आएका छन्, डा.राजेन्द्र कोजू । भक्तपुर–९ तौलाछेंका डा.कोजू नेकपा एकीकृत समाजवादीबाट क्षेत्र नं १ मा सिफारिस भएका छन् । उनी पाँंचदलीय गठबन्धनबाट पनि सिफारिस हुने सम्भावना रहेको स्थानीय नेताहरु बताउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप