के तपाईंले ट्याक्सीमार्फत यात्रुलाई ठगी गर्नुभएको छ ? कारबाही पर्नुहोला !
के तपाईंले ट्याक्सीमार्फत यात्रुलाई ठगी गर्नुभएको छ ? गर्नुभएको भए ख्याल गर्नुहोला ! तर्पांँलाई कारबाही अथवा मुद्दा चल्न सक्छ । गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले ट्याक्सीमार्फत विभिन्न मितिमा यात्रुलाई ठगी गर्ने १३ चालकविरुद्ध मुद्दा चलाएको छ । कार्यालयले चालू आर्थिक वर्षमा ट्याक्सीको मिटर बिगारेर यात्रुलाई बोक्ने एक चालकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
ट्राफिक प्रहरीको यही भदौ ७ गतेको अनुगमनका क्रममा मिटरलाई शून्य बनाएर चलाउने बा १ ज ६९६० नम्बरको ट्याक्सीविरुद्ध मुद्दा दायर गरिएको हो । कार्यालयका सूचना अधिकारी निराजन पुडासैनी मिटर बिगारेर चलाउने तथा सिल छिनाएर चलाउने ट्याक्सी चालकविरुद्ध कार्यालयले अदालतमा मुद्दा दायर गरेको बताए । “ट्याक्सीको मिटर बिगारेर चलाउने अधिकांश चालकविरुद्ध तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना मागदाबी गरी अदालतमा मुद्दा दर्ता गराएका छौँ”, उनले भने । कार्यालयले गत आर्थिक वर्षमा बिग्रेको मिटर चलाउने दुई तथा पाँच वर्षसम्म नवीकरण नगरी ट्याक्सी चलाउने एक ट्याक्सीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको थियो । त्यसमा बिग्रेको मिटर चलाउने बा १ ज ८८८२ र बा १ ज १६६७ नं को ट्याक्सी चालकविरुद्ध तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना माग दाबी गरिएको सूचना अधिकारी पुडासैनीले बताए ।
यस्तै पाँच वर्षसम्म ट्याक्सी नवीकरण नगरी सञ्चालन गर्ने बा २ ज १५०३ ट्याक्सीका चालकविरुद्ध एक वर्षसम्म कैद र रु १० हजारसम्म जरिवाना मागदाबी गरी अदालतमा मुद्दा दायर गरिएको छ । कार्यालयले आर्थिक वर्ष २०७५/७६ देखि चालू आर्थिक वर्षको भदौसम्म १३ ट्याक्सीलाई कारबाहीका लागि अदालतमा मुद्दा दर्ता गरेको छ । सरकारले स्ट्याण्र्डर नाप र तौल ऐन २०२५ को पाँचौँ संशोधन अगाडि बढाएको छ । प्रमाणीकरण हुन बाँकी रहेको उक्त ऐनमा ठगी गर्ने ट्याक्सी चालकविरुद्ध हाल गरिँदै आएको सजायसमेत बढाइएको छ ।
यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौं उपत्यकामा मात्र झण्डै १० हजारको हाराहारीमा ट्याक्सी सञ्चालनमा रहेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा मिटरमा जान नमान्ने, बढी भाडा लिने तथा मिटर बिगार्ने ट्याक्सी चालकविरुद्ध ट्राफिक प्रहरीले कडाइ गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बढी भाडा लिने तथा मिटरमा जान नमान्ने ट्याक्सी चालकविरुद्ध ट्राफिक प्रहरी कडा बनेको बताए ।
उनका अनुसार ट्राफिक कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा पाँच हजार सात सय ३६, आव २०७८/७९ मा १० हजार दुई सय ९५ र चालु आवको भदौ १८ गतेसम्म एक हजार नौ सय ४५ ट्याक्सी चालकलाई बढी भाडा लिने तथा मिटरमा जान नमान्ने कसूरमा कारबाही गरिएको छ । विदेशी पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेपछि पहिले चढ्ने भनेको ट्याक्सी हो, त्यस ट्याक्सी चालकले कस्तो व्यवहार गर्छ त्यसले हाम्रो सिङ्गो देशको अवस्था थाहा हुने भएकाले ट्याक्सी चालक संयमित हुनुपर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म