अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
कमेडियन अपूर्व क्षितिज सिंहलाई थप ५ दिन हिरासतमा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले रातोपाटीलाई जानकारी दिए । अनुसन्धान नसकिएको भन्दै प्रहरीले अपूर्वलाई थप १० दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयसँग अनुमति मागेकोमा प्रशासनले ५ दिन अनुमति दिएको हो ।
कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकमा नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य सामग्री प्रसारण गरेको आरोपमा उनी गत १२ गते पक्राउ परेका थिए । उनको सामग्रीमा सामाजिक अभियन्ताहरुले आपत्ति जनाएका थिए । प्रहरीले उनलाई सुरुमा १० दिन हिरासतमा राख्ने अनुमति लिएको थियो ।
अपूर्व भने अहिले वीर अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार साँझ वीर अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले उनी उनीविरुद्ध ४ वटा मुद्दा अगाडि बढाएको छ । सुरुमा उनलाई नेवा समुदायको भाषा, खाना, संस्कृतिमाथि व्यंग्य गरेको आरोप लागेको थियो ।
यो विषयमा उनले आफ्नो फेसबुकमार्फत माफी समेत मागिसकेका छन् । केही दिन अगाडि दुवै पक्ष परिसर पुगेर अपूर्वले गरेको गल्तीलाई क्षमा गरेको र अब हिरासतबाट छाडिदिन आग्रह गरेका थिए । त्यसअनुसार उनी सोमबार नै छुट्ने अनुमान थियो । प्रहरीले मंगलबार उनका केही साथीलाई बोलाएर सोधपुछ समेत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन असफल भयो टीआरसी सिफारिस समिति ? अब के हुन्छ ?
-
सुनको गहनामा जर्तीको नाममा रकम असुल्ने कार्य बन्द गर्न आग्रह
-
वरिष्ठ जनरलको हत्या मामिलामा रुसमा उज्वेकिस्तानी नागरिक पक्राउ
-
कुलमान भन्छन्– प्राविधिक समस्याका कारण उद्योगहरूमा विद्युत् कटौती गर्नुपरेको हो, लोडसेडिङ हुँदैन
-
बाँकेमा लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
-
फाल्गुनन्द गोल्डकपको तयारी पूरा