नेसपाको विस्तारित बैठक सर्लाहीमा
बुधबार, २२ भदौ २०७९, १५ : ०९
डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी मधेश प्रदेशको विस्तारित बैठक तथा अभिमुखी कार्यक्रम सर्लाहीको मंलगवामा सुरु भएको छ । पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र महेन्द्रराय यादवको उपस्थितिमा भएको सो कार्यक्रममा मधेश प्रदेश समिति चयन गर्नुको साथै चुनावमुखी प्रशिक्षण समेत दिइने जनाइएको छ ।
नेसपाका केन्द्रीय सदस्य दीपक महतोका अनुसार मधेश प्रदेशको कार्यसमिति गठन गर्नुको साथै चुनावका लागि उम्मेदवार चयनलगायतका विषयमा अध्यक्षहरूबाट प्रशिक्षण दिइनेछ । जसपाबाट अलग भएर बनेको नेसपा माओवादी केन्द्रको चुनाव चिन्हबाट अगामी चुनावमा भाग लिनेछ । त्यसका लागि सो पार्टीले जिल्लाबाट उम्मेदवार सिफारिसको कामलाई पनि अगाडी बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीबी राईलाई ४ वटा मुद्दा, रविसहित ५० जनालाई ३ वटा मुद्दामा अभियोजन गर्नुपर्ने प्रहरीको राय
-
उस्ताद भनेर बोलाएको नरुचाउने उस्ताद अर्थात् जाकिर हुसैन
-
जसपा नेपालले तय गर्यो अधिवेशनको कार्यतालिका
-
नेपालबाट चीन मासु निर्यातका लागि सम्झौता
-
नेपालको जलविद्युतमा लगानीका लागि कोरियन लगानीकर्तालाई इप्पानको आग्रह
-
नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध