मकवानपुर-२ मा राप्रपा नेपालबाट महामन्त्री बर्तौला सिफारिस
आसन्न निर्वाचनमा प्रतिनिधिसभाका लागि मकवानपुर क्षेत्र नम्बर-२ बाट प्रत्यक्षतर्फ चुनाव लड्न राप्रपा नेपालले महामन्त्री राजाराम बर्तौलालाई सिफारिस गरेको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि मकवानपुर-२ को प्रतिनिधिसभा सदस्य पदका लागि महामन्त्री बर्तौलालाई उम्मेदवारको निमित्त राप्रपा नेपाल मकवानपुरले सर्वसम्मत सिफारिस गरेको हो ।
राप्रपा नेपाल मकवानपुर जिल्ला कार्य समितिको बैठकले मकवानपुर -२ मा बर्तौलाको एकल सिफारिस भएको जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिए । साथै बैठकले प्रदेशको प्रत्यक्ष उम्मेदवारको रुपमा विभिन्न व्यक्तिहरुलाई सिफारिस गरेको छ ।
बैठकले प्रदेशसभा तर्फ मकवानपुर -१ (क) बाट प्रत्यक्ष तर्फ चुनाव लड्न नेता राजाराम अर्याल, बद्री कुँवर र कमल बिडारीलाई सिफारिस गरेको छ । मकवानपुर- (ख) बाट प्रत्यक्षतर्फ चुनाव लड्न नेता दामोदर वाग्ने, प्रेमलाल श्रेष्ठ र अर्जुन ढुंगानालाई सिफारिस गरेको छ ।
यसैगरी मकवानपुर-२ (क)बाट प्रत्यक्षतर्फ चुनाव लड्न नेता राधाकृष्ण विष्ट, सुजेन्द्र ठकुरी र चन्द्रमान लामा सिफारिस भएका छन् भने मकवानपुर -२ (ख ) बाट प्रत्यक्ष तर्फ चुनाव लड्न नेता बैकुण्ठ सुवेदी, रामु रिजाल र सरोज गुरागाँई लाई सिफारिस गरेको छ ।
सबै क्षेत्रका समानुपातिक तर्फ भोलि बस्ने बैठकले टुंगो लगाउने अध्यक्ष सापकोटाले जानकारी दिए । यसअघि नै मकवानपुर -१ बाट पार्टी अध्यक्ष कमल थापालाई जिल्ला समितिले एकल सिफारिस गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने