नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो
![नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो](https://rpcdn.ratopati.com/media/albums/cricket1_SkYClLfcnM.jpg)
केन्यासँगको दुई पक्षीय श्रृंखलामा सहभागि भएर बुधवार नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । पाँच ट्वान्टी–२० र तीन एक दिवसीय श्रृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधवार काठमाडौं फर्किएको हो ।
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का व्यवस्थापक विनोद दास र क्यानका पदाधिकारीहरुले स्वागत गरेका छन् । नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको ट्वान्टी–२० श्रृंखला ३–२ ले जितेको थियो । यस्तै ३ खेलको एकदिवसीय सिरिज ३–० ले क्लिन स्वीप गरेको थियो ।
भ्रमण सकेर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको नेपाली टोलीका उपकप्तान रोहितकुमार पौडेलले समग्रमा केन्या भ्रमण राम्रो भएको प्रतिक्रिया दिए । एक दिवसीय खेलमा कप्तानको जिम्मेवारी सम्हालेका रोहितले नयाँ खेलाडीको प्रदर्शन राम्रो भएको र आउँदा दिनमा मध्यम अवस्थामा बलिङ र ब्याटिङमा अझै सुधार गर्नुपर्ने बताए ।
यस्तै पूर्व कप्तान ज्ञानेन्द्र मल्लले केन्यासँगको श्रृंखला नयाँ र युवा खेलाडीका लागि अनुभव संगाल्ने मौका भएको प्रतिक्रिया दिए । नयाँ प्रशिक्षकको योजना अनुसार टोलीलाई अगाडि बढाउँदा नयाँ खेलाडीसँगै अन्य खेलाडीलाई पनि फाइदा पुग्ने बताए ।
नेपाल फर्किएका खेलाडी अब नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि प्रदेश अनुसारको टोलीमा आवद्ध हुनेछन् । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ भने पुरुष क्रिकेट भने भदौ २३ गतेबाट कीर्तिपुर स्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिसापानी–गड्डा चौकी सडकखण्ड ६ लेनको बन्छ : परराष्ट्रमन्त्री
-
प्रहरी जवानलाई कुटपिट गर्ने चार युवक पक्राउ
-
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
-
नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’ तयार गरिँदै
-
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी
-
उपेन्द्रलक्षित प्रचण्डको टिप्पणी- मुद्दा नै छोडेर खाली सरकारको निम्ति जानुहुन्छ जस्तो मलाई लाग्दैन