आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाका चार समितिमा उम्मेदवारी

बुधबार, २२ भदौ २०७९, १४ : २२
बुधबार, २२ भदौ २०७९

राष्ट्रियसभा अन्तर्गतका चारवटा विषयगत समितिका सभापतिका लागि बुधबार चार जनाको उम्मेदवारी परेको छ । सभापतिका लागि उम्मेदवारी दिनेहरूमा दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) रहेका छन् ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम ९१० बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि चारजना सांसदहरूको उम्मेदवारी परेको हो । सभापतिको यही २३ गते १ बजे निर्वाचन हुने राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप