छबि र ज्ञानेन्द्रको सहकार्यमा ‘जेल ब्रेकर’ बन्ने
फिल्म ‘जेल ब्रेकर’ निर्माण हुने भएको छ । निर्देशक ज्ञानेन्द्र देउजा र छविराज ओझाले मिलेर फिल्म निर्माण गर्न लागेका हुन् ।
केही दिन अगाडि फिल्म ‘झिँगेदाउ’ को एक कार्यक्रममा फिल्मको विषयमा जानकारी दिइएको हो । सो अवसरमा फिल्मको जानकारी दिन बाँडिएको पर्चाको अन्तिममा ‘जेल ब्रेकर’ को पोस्टर राखिएको थियो ।
कपनगडी फिल्मस् र गुड न्यूज इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा बन्न लागेको फिल्मको अहिले लेखन कार्य भइरहेको छ । फिल्मको छायांकन माघबाट निर्माता छविराज ओझाले बताए । यसअघि देउजा र छविराज ओझाले फिल्म ‘हिफाजत’ मा सहकार्य गरेका थिए ।
देउजाको निर्देशन रहेको पछिल्लो फिल्म ‘झिँगेदाउ’ अहिले प्रदर्शनरत रहेको छ । देउजाले यसै फिल्ममार्फत ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका थिए । फिल्मले अहिले राम्रो व्यवसाय गरिरहेको छ । ‘झिँगेदाउ’ केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा लगायतको मुख्य अभिनय छ । ‘जेल ब्रेकर’ को कलाकारको विषयमा भने अहिले केही बताइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महत्त्वपूर्ण ८ पद हत्याउने दबाबमा एमाले, कांग्रेस र माओवादी
-
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
-
गायिका लक्ष्मीले नचाइन् भारतको जोलजीबी मेलामा दर्शक
-
स्थानीय तह उपनिर्वाचन : प्रचारप्रसार गर्ने आज अन्तिम दिन
-
रामराजा क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ
-
जग्गाको टुङ्गो छैन, प्रादेशिक संरचना निर्माणका लागि बर्सेनि बजेट विनियोजन