शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विरोधका कारण रणवीर कपुर र आलियाले मन्दिर दर्शन गर्न पाएनन्

बुधबार, २२ भदौ २०७९, १३ : ४४
बुधबार, २२ भदौ २०७९

बलिउडका चर्चित जोडी रणवीर कपुर र आलिया भट्ट मंगलबार उज्जैनको महाकाल मन्दिरको साँझको पूजामा सहभागी हुन सकेनन् । हिन्दुवादी संगठनको विरोधका कारण उनीहरुले आफ्नो योजना स्थगित गर्नुपरेको थियो । रणवीर र आलियाको फिल्म ब्रह्मास्त्र यही शुक्रबार रिलिज हुँदैछ । रिलिज हुनुअघि दुवै आशीर्वाद लिन महाकाल पुगेका थिए तर बजरंग दलका कार्यकर्ताले रणवीर र आलियाको विरोध गरेका थिए ।

यस कुराको पुष्टि गर्दै महाकाल प्रहरी चौकीका अधिकारीले उनीहरूले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न लाठीचार्ज गर्नुपरेको समाचार एजेन्सी पिटिआईलाई बताए ।​ पीटीआईले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै पुलिसको कडाईका बाबजुद प्रदर्शनकारीहरूले रणवीर-आलियालाई मन्दिरमा प्रवेश गर्न  नदिएको जानकारी दिएको छ ।

रणवीर कपुर र आलिया भट्ट दर्शनका लागि पुगेपछि बजरंग दलका कार्यकर्ताले ‘जय श्री राम’ नारा लगाउन थाले । बजरंग दलका नेता अंकित चौबेले सञ्चारमाध्यमसँगको कुराकानीमा भने, ‘हामी उनलाई पवित्र महाकालेश्वर मन्दिरको दर्शन गर्न दिने छैनौं किनभने केही दिनअघि रणवीर कपूरले आफूलाई मटन, कुखुरा र गाईको मासु नन-वेज खान मनपर्छ भन्नुभएको थियो ।’

उनले दाबी गर्दै भने, ‘यहाँसम्म कि आलियाले पनि उनको फिल्म ‘ब्रह्मास्त्र’ हेर्न मन लाग्नेलाई हेर्न र नलाग्नेलाई नहेर्न पनि भनेकी थिइन् ।’

यद्यपि मन्दिरका पुजारीले पीटीआईलाई फिल्म ब्रह्मास्त्रका निर्देशक अयान मुखर्जीले मन्दिर दर्शन गरेको बताए । प्रहरी अधिकारीले हिन्दू संगठनका कार्यकर्ताहरू विरुद्ध कडा कारबाही गरिने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप