मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

फिल्म फ्लप भएपछि यी अभिनेताले निर्मातालाई फिर्ता दिए पारिश्रमिक

बुधबार, २२ भदौ २०७९, १३ : ४२
बुधबार, २२ भदौ २०७९

बलिउड सबैभन्दा पुरानो फिल्म उद्योगमा गनिन्छ । यसका फिल्म तथा स्टारले सधै दर्शक लोभ्याउने गरेका छन् । पछिल्लो समय बलिउड उद्योगको अवस्था भने नाजुक रहेको छ । बलिउडलाई अहिले दक्षिण भारतीय (साउथ) फिल्मले प्रभाव पारिरहेको छ । किनभने ठूला स्टारका फिल्म बक्स अफिसमा धमाधम फ्लप भइरहेका छन् । रणवीर कपूरको ‘शमशेर’, आमिर खानको ‘लालसिंह चड्ढा’ होस् वा अक्षयकुमारको ‘सम्राट पृथ्वीराज’ एकपछि अर्काे गर्दै धमाधम बक्स अफिसमा फिल्म ध्वस्त हुँदैछन् । यस्तो अवस्थामा फ्लप फिल्मको जिम्मेवारी लिँदै  आधा वा पूरा पारिश्रमिक फिर्ता गर्ने स्टारहरु पनि छन् । तीमध्ये केही स्टारको चर्चा यहाँ गर्न खोजिएको छ । 

आमिर खान : यो वर्षको बहुप्रतिक्षित फिल्म ‘लालसिंह चड्ढा’ बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खानको करियरको दोस्रो ठूलो फ्लप साबित भयो । बक्स अफिसमा ‘लालसिंह चड्ढा’ को खराब प्रदर्शनले निर्माता मात्र होइन आमिर खान पनि दुखित भए । फिल्मबाट कलाकार र निर्माताले धेरै अपेक्षा गरेका थिए । तर, फिल्मले उनको अपेक्षा पूरा गर्न सकेन ।

आमिरको यो कमब्याक फिल्म बक्स अफिसमा फ्लप साबित भयो । १८० करोडको ठूलो बजेटमा बनेको ‘लाल सिंह चड्डा’ले २० दिनमा ६० करोडको निराशाजनक कलेक्सन गरेको छ । फिल्मको कलेक्सन नराम्रो भएका कारण निर्मातालाई ठूलो नोक्सान हुने थियो, तर आमिर खानले फिल्म फ्लपको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा लिए र आफ्नो पारिश्रमिकको रूपमा निर्माताको पैसा फिर्ता दिए ।

विजय देवरकोंडा : साउथ सुपरस्टार विजय देवरकोंडाको स्पोट्र्स ड्रामा फिल्म ‘लाइगर’ पनि बक्स अफिसमा नराम्रोसँग फ्लप भयो । पुरी जगन्नाथ निर्देशित फिल्मलाई लिएर मानिसमा निकै चर्चा थियो । तर कमजोर कथाका कारण यो फिल्मलाई दर्शकले ठाडै अस्वीकार गरे । ‘लाइगर’ फ्लप भएपछि निर्माता र वितरकलाई ठूलो घाटा भयो ।

यस्तो अवस्थामा विजय देवरकोन्डा निर्मातालाई भएको यो घाटा पूर्ति गर्न अगाडि आए र उनले आफ्नो पारिश्रमिक बापत ६ करोड रुपैयाँ फिर्ता गरे । विजयको यो कदमको सामाजिक सञ्जालमा तारिफ भएको छ । 

 चिरञ्जीवी र रामचरण :
यसैवर्ष रिलिज भएको सुपरस्टार बाबु–छोरा चिरञ्जीवी र रामचरणको जोडी अभिनित फिल्म ‘आचार्य’ बक्स अफिसमा रिलिज भएको छ । फिल्मबाट सबैले धेरै अपेक्षा गरेका थिए । तर  ‘आचार्य’ ले राम्रो ब्यवसाय गर्न सकेन । फिल्म फ्लप साबित भयो, जसले गर्दा निर्माता र वितरकलाई ठूलो घाटा भयो ।

यस्तो अवस्थामा यस फिल्मका निर्देशक कोरतला शिवले यसको जिम्मेवारी लिए र आधा पारिश्रमिक फिर्ता गरे । चिरञ्जीवी र रामचरण तेजाले यो कुरा थाहा पाएपछि दुवैले आफ्नो ५० प्रतिशत पारिश्रमिक निर्मातालाई फिर्ता गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप