बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

उच्च अदालतको न्यायाधीशको सर्ट लिष्टमा परेका ८१ जनाविरुद्ध उजुरी आह्वान

बुधबार, २२ भदौ २०७९, १२ : ४९
बुधबार, २२ भदौ २०७९

न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशको सर्ट लिष्टमा परेका ८१ जनाबारे उजुरी आह्वान गरेको छ । परिषद्को मंगलबारको निर्णयअनुसार सर्ट लिष्टमा परेका उम्मेदवार उपर कुनै उजुरी भएपछि ७ दिनभित्र दिन सकिने गरी समय दिइएको हो । 
उजुरी दिन चाहनेले न्याय परिषद्को सचिवालय वा सचिवालयको इमेलमा प्राप्त हुनेगरी पठाउन सक्ने बुधबार प्रकाशित सूचनामा उल्लेख छ । 
परिषद्ले सर्ट लिष्टमा परेका सबै ८१ जनाको नामावली पनि प्रकाशित गरेको छ । सर्ट लिष्टमा परेकामध्येबाट २७ जनाको नियुक्ति हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप