बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

‘तेस्रो टीबीसी जब फेयर’ सम्पन्न

बुधबार, २२ भदौ २०७९, १२ : ३८
बुधबार, २२ भदौ २०७९

काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले आयोजना गरेको ‘टीबीसी जब फेयर ३.०) सम्पन्न भएको छ । कलेजले फ्रक्स जबको सहकार्यमा थापाथलीस्थित आफ्नै भवनमा सेप्टेम्बर २ मा तेस्रो जब फेयरको आयोजना गरेको हो । 
जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा बिभिन्न क्षेत्रमा काम गर्दै आएका २५ बहुराष्ट्रिय तथा नेपाली कम्पनीहरुको उपस्थिति रहेको थियो । कम्पनीका प्रतिनिधिहरुले टीबीसीमा हाल अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरुलाई क्षमताको आधारमा कामको अवसर दिए । उक्त अवसर प्रदान गर्ने कम्पनीहरुमा लिपफ्रग, दराज, द चौधरी ग्रुप, आइएमएस, बियोण्डआइडी, नेपाल पेमेन्ट सोलुसन (डिजीहब), सुबिसी केबलनेट, जिनिएस डिजाइन्स प्रा.लि, एक्ट ३६०, यति एयरलाइन्स, इसेवा, गेन्स, रिगो टेक्नोलोजी, युनिलिभर, क्लासिक टेक, द आइडिया जार, युएन, लुप नेटवर्क, सुलभ पे, मजेस्टिक मार्केटिङ र द ब्रिटिस कलेज रहेका थिए । 
कार्यक्रमको उद्घाटनलाई सम्बोधन गर्दै द ब्रिटिस कलेजका एसोसियट डिन अरुण जोशीले स्वागत गरेका थिए । त्यस्तै कार्यक्रमबारे फ्रक्स जबका सिइओ बिमल कँडेलले परिचयात्मक जानकारी दिएका थिए । कलेजले दिएको जानकारी अनुसार उक्त फेयरमा कुल २३३ अन्तर्वार्ता भएको थियो । कार्यक्रमको अन्त्यमा आउने दिनमा आयोजित हुने जब फेयरलाई थप सफल बनाउन प्रतिक्रिया र सुझाव समेत संकल गरिएको थियो ।
त्यस्तै द ब्रिटिस कलेजका एसोसियट डिन अफ क्वालिटी एण्ड एसुरेन्स एमलाल चन्द्र राजभण्डारीले कार्यक्रम समापनको मन्तव्य दिएका थिइ । साथै कार्यक्रममा उपस्थित विभिन्न कम्पनीका प्रतिनिधिहरुलाई उनले मायाको चिन्हो प्रदान गरे ।
कार्यक्रममा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आईटी, ईएमबीए, एमबिए तथा एमआईबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागीता रहेको थियो ।
द ब्रिटिस कलेजका एडमिसन तथा मार्केटिङ हेड अमरदिप मण्डलले भने, ‘टीबीसीले हरेक वर्ष आयोजना गर्ने यो कार्यक्रमले विद्यार्थीहरुलाई उत्कृष्ट अवसर प्रदान गर्दै आइरहेको छ । यो कार्यक्रमलाई थप विस्तार गरेर अगाडि बढ्ने कुराप्रति विश्वस्त दिलाउन चाहन्छु ।’
उनले जब फेयरमा सहभागी भएका सबैलाई धन्यवाद दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप