डेढ करोडको जेल पेन र लाहा किन्दै आयोग
बुधबार, २२ भदौ २०७९, १२ : ३५
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा प्रयोग हुने लाहा र जेल पेन खरिद गर्नका लागि आह्वान गरिएको बोलपत्र स्वीकृत गरिएको छ ।
आयोगले निर्वाचन प्रयोजनका लागि १ करोड ४२ लाख १९ हजार ९२० रुपैयाँ बराबरको लाहा र जेल पेन खरिद गर्न लागेको हो ।
गत भदौ १७ गतेसम्म दर्ता हुन आएका बोलपत्रहरूमध्ये निर्वाचन आयोग ऐन २०७३ को दफा ३८ बमोजिम भदौ २१ गतेको निर्णय अनुसार अनामनगरस्थित लक्की एएस इन्टरप्राइजेजलाई प्रदान गरिएको आयोगले जानकारी दिएको छ ।
अब सम्झौता स्वीकृत भएको बोलपत्र दाताले २३ गतेभित्र कार्य सम्पादन जमानत र सप्लाई गरिने लाहा र जेलपेन ३० (तीस) दिनभित्र आपूर्ति गर्न सक्ने आधार र प्रमाण सहितको विस्तृत कार्यतालिका पेस गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारीका बहुमत प्रतिनिधि उमेरहदको विपक्षमा, नियमित सम्मेलन र निर्वाचनमा जान सुझाव
-
झ्याप्ले खोलाको पहिरो पन्छाइयो, सडक दुईतर्फी खुल्यो
-
सिधाकुराका प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला
-
छविलाल जोशीको बयान सकियो
-
के सुनविना बिहे सम्भव छैन ?
-
यी हुन् वर्षाको नयाँ रेकर्ड कायम गर्ने मौसम केन्द्रहरू (सूचीसहित)