धानखेतमा दुई किशोरीको शव फेला
बुधबार, २२ भदौ २०७९, १२ : ३०
![धानखेतमा दुई किशोरीको शव फेला](https://rpcdn.ratopati.com/media/albums/death_38lC64TlJr.jpg)
धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन –७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै आएकी १९ वर्षीया आरतीकुमारी महराको शव फेला परेको हो ।
स्थानीयवासी खेतमा जाँदै गर्दा ती किशोरीलाई मृतावस्थामा देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले प्रहरी टोलीले किशोरीद्वयको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीको रामटोलमा आगलागी, ५ चौपाया मरे
-
बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै
-
सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
नेसपा (नयाँशक्ति)को उपाध्यक्षमा दुर्गा र मानुषी निर्विरोध
-
सुन्दर र दुब्ली देखिने औषधिले गायिका एभरीको भयो यस्तो हविगत