सन्दीपको विषयमा क्यानमा आज साँझ छलफल हुने
बुधबार, २२ भदौ २०७९, १२ : ०७

नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेको पछिल्लो घटना क्रमका विषयमा छलफल गर्ने भएको छ । क्यानको मुख्य कार्य सम्पादन टोलीले पछिल्लो विषयमा आज साँझ छलफल गर्ने भएको क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले रातोपाटीलाई जानकारी दिए ।
‘अध्यक्ष बाहिर हुनुहुन्छ । उहाँ बेलुका सम्म आउनु हुन्छ । क्यानको बैठक भन्दापनि मुख्य कार्यसम्पादनको टोलीको छलफल हुनेछ,’ मल्लले भने । मल्लले सन्दीपको बर्खास्तिको विषयमा भने अहिले कुनै कुरा नहुने बताएका छन् ।
‘प्रहरीमा उजुरी परेको छ । छानविन भएर केही तथ्य आउछ होला अनि क्यानले निर्णय गर्नेछ,’ मल्लले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेभित्र गुटगत प्रतिशोधले झडपका शृङ्खला, निसानामा नेताका टाउका !
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट