शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीका प्रवक्ता खतिवडा भन्छन्-'२४ सिटभन्दा तल झर्न सकिँदैन'

बुधबार, २२ भदौ २०७९, २२ : ४०
बुधबार, २२ भदौ २०७९

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो पार्टी प्रतिनिधिसभाको २४ सिटभन्दा तल नझर्ने बताएका छन् । 

सत्ता गठबन्धन दलहरुबीच सिट बाँडफाँडको विषयमा घनिभूत छलफल भइरहेका बेला खतिवडाले यस्तो बताएका हुन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले सिट बाँडफाँडको न्यूनतम आधार र मापदण्ड तय गरेअनुसार आफ्नो पार्टीले २४ सिटभन्दा माथि लिने दाबी गरेका हुन् ।

स्थानीय तहको निर्वाचनका क्रममा गठबन्धन दल काँग्रेस र माओवादीले आफ्नो पार्टीलाई धोका दिएको विषयमा गम्भीर समीक्षा भएको र अब धोका नदिने दुवै पार्टीले प्रतिबद्धता जाहेर गरेको कारण एकीकृत समाजवादी पनि गठबन्धनलाई विश्वास गरेर अघि बढ्न लागेको उनले बताए । उनले प्रदेश १ का २८ निर्वाचन क्षेत्रमध्ये ६ वटा क्षेत्रमा आफ्नो पार्टीको दाबी रहने पनि बताए ।  

अर्को प्रशंगमा उनले गठबन्धन भित्रका कम्युनिष्ट पार्टीहरूसँग एकता र सहकार्यको सम्भावना रहेपनि एमालेसँग कुनै सहकार्यको सम्भावना अहिले नरहेको बताए । ‘एमालेसँग राजनीतिक संवाद पनि छैन भने त्यो पार्टीसँग सहकार्य अहिले हुँदैन,’ खतिवडाले भने, ‘सत्ता गठबन्धनका कम्युनिष्ट पार्टीहरूसँग सहकार्य र एकता हुनसक्छ ।’ खतिवडाले आगामी निर्वाचनमा एउटै चुनाव चिन्ह लिने कि नलिने भन्ने विषयमा छलफल भइरहेको भए पनि निष्कर्षमा अहिलेसम्म पुग्न नसकेको उनले बताए । 

खतिवडाले आगामी निर्वाचनमा पार्टीको घोषणापत्रमा सीमा सुरक्षा, नीतिगत सुरक्षा र असंलग्न परराष्ट्र नीतिबारे प्रष्ट उल्लेख गर्ने पनि बताए । जनताका लागि २ युनिट बिजुली र ५ हजार लिटर पानी निःशुल्क वितरण गर्ने गरी योजना ल्याउने पनि उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप