‘बिडुडभ र कपिलवस्तुको पतन’ बजारमा
उपन्यासकार भिक्टर प्रधानद्वारा लिखित ‘बिडुडभ र कपिलवस्तुको पतन’ कृति बजारमा आएको छ । वी रिडले प्रकाशनमा ल्याएको सो उपन्यासमा बुद्ध कालका ऐतिहासिक घटनालाई मुख्य विषयवस्तु बनाइएको छ ।
उपन्यासमा बुद्धको जन्मस्थल कपिलवस्तु राज्यको उदय र पतनको कथा छ । यसमा कपिलवस्तुको वैभवशाली गौरवको इतिहासको विस्तृत जानकारी समेटिएको छ भने शाक्य वंशको विनाशको मुख्य कारण र जातीय रक्तशुद्धिको घटना प्रस्तुत गरिएको छ ।
उपन्यासभित्र बुद्ध झल्याकझुलुक देखा पर्छन् तर उनको जीवनीका रूपमा होइन । शाक्य वंशको विनाशको कथालाई प्रधानले रोचक शैलीमा लेखेका छन् । दासीपुत्रीलाई कपिलवस्तुका राजाले शाक्य पुत्री भनेर झुक्याएर कोशल राजा प्रसेनजितसँग विवाह गराएको र त्यो षड्यन्त्र राजकुमार बिडुडभले थाहा पाएपछिको घटनाक्रमलाई उपन्यासकारले रोचक तरिकाले प्रस्तुत गरेका छन् ।
कपिलवस्तुको पतनपछि बाँकी रहेका शाक्यहरू छरिएर कहाँ कहाँ पुगे ? के बिडुडभले कोशलको साम्राज्य कायमै राख्न सके ? आफ्नो वंशमाथि बिडुडभले आक्रमण गर्दै छन् भन्ने थाहा पाएका बुद्धले किन रोक्न सकेनन् युद्ध ? कुनै दिन कपिलवस्तु राज्य सिद्धिन्छ भन्ने लागेरै बुद्धले राजपाठ त्यागेका थिए त ? जस्ता अनेकौँ प्रश्नमाथि उपन्यासले नयाँ कोणबाट बहस गरेको छ । इतिहासप्रति चाख राख्नेहरूका लागि उपन्यास थप महत्त्वपूर्ण छ ।
प्रधान नेपाली साहित्य समालोचना, नेपाली इतिहास–संस्कृति र नृवंशा क्षेत्रमा ४ दशकदेखि काम गरिरहेका प्रबुद्ध व्यक्तित्व हुन् । उनी त्रिभुवन विश्वविद्यालयका नेपाली भाषाका प्राध्यापक हुन् । १४८ पृष्ठको सो पुस्तकको बजार मूल्य २७५ रुपैयाँ राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन