साउदीमा विभिन्न कारणले अवैध बनेका ७८ जना नेपालीले पाए बहिर्गमन भिसा
![साउदीमा विभिन्न कारणले अवैध बनेका ७८ जना नेपालीले पाए बहिर्गमन भिसा](https://rpcdn.ratopati.com/media/albums/saudi_bUNpPd3wfN.jpg)
वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगी विभिन्न कारणले अवैध बनेका ७८ जनालाई स्वदेश फर्कन स्थानीय प्रशासनले बहिर्गमन (एक्जिट) भिसा दिएको छ । ती बहिर्गमन भिसा २६ अगस्टदेखि १ सेप्टेम्बर सम्मको अवधिमा प्राप्त भएको साउदीको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।
साउदी अरेबियाको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा दूतावासले अनुरोध गरेको थियो ।
सोही अनुरोधअनुसार ७८ जना नेपालीलाई बहिर्गमन भिसा प्रदान गरिएको हो । यस्तो भिसा लागेको ६० दिन भित्र अनिवार्य रूपमा साउदी अरब छोड्नु पर्ने साउदी नियम रहेको छ ।
बहिर्गमन भिसा प्रक्रिया निःशुल्क हुने भए पनि बहिर्गमन भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको महाधिवेशनबाट पारित यस्ता छन् १९ बुँदे समसामयिक प्रस्ताव
-
रामकृष्ण ढकाल र पाँच वर्षीया आर्या अभिनीत ‘मायाको घर’ सार्वजनिक
-
वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन : नेपाल प्रहरी
-
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
-
ऋषि सुनकले दिए राजीनामा
-
रवि लामिछाने विरुद्धको मुद्दा अब कसरी अघि बढ्छ ?